१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २० शनिबार ०९:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमको हङकङ उडान चौथोपटक प्रतिबन्ध सरकारी रिपोर्टमा पनि समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २० शनिबार ०९:०२:००

नेपाल वायुसेवा निगमलाई हङकङले चौथोपटक उडानमा प्रतिबन्ध लगाएको छ । नेपालबाट हङकङ अवतरण भएका यात्रुको कोभिड परीक्षण रिपोर्टमा पाँचजनाको पोजेटिभ देखिएपछि हङकङले १५ दिनका लागि निगमको उडान प्रतिबन्ध लगाएको हो ।

यसअघि पनि कोभिड पोजेटिभ यात्रु बोकेको भेटेपछि तीनपटक प्रतिबन्ध लगाएको थियो । त्यसपछि निगमले हङकङ जाने यात्रुलाई सरकारी प्रयोगशालाको रिपोर्ट अनिवार्य गरेको थियो । तर, सरकारी प्रयोगशालाकै रिपोर्ट पनि हङकङमा पुनः जाँचका क्रममा फरक परेपछि निगम कारबाहीमा परेको हो ।

यसपटक पाँच यात्रुको रिपोर्ट पोजेटिभ र एकजनाको शंकास्पद देखिएको थियो । कोभिड परीक्षण विवरणमा चुकेर तीनपटकसम्म प्रतिबन्ध लगाइएपछि गत सोमबार (३० तारिख) निगमले पुनः उडान गरेको थियो । 

यसअघि निगममार्फत हङकङ जाने यात्रुले निजी अस्पतालको प्रयोशालामा कोभिड–१९ को परीक्षण गराउँदै आएका थिए । निजी प्रयोगशालाको रिपोर्टमाथि प्रश्न उठेपछि निगमले यात्रुलाई सरकारीमा परीक्षण गराएको रिपोर्ट ल्याएपछि मात्रै उडानमा सहभागी गराउँदै आएको छ । सरकारी रिपोर्टमा समेत समस्या आएपछि निगमले पुनः छलफल थालेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । 

सुरुमा उडानमा चारजनामा संक्रमण पुष्टि भएपछि हङकङले ४ अक्टोबरदेखि १७ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो । उडानमा संक्रमित संख्या बढेर नौजना पुगेपछि हङकङ एयरपोर्टले अक्टोबर २२ नोभेम्बर ४ सम्म फेरि प्रतिबन्ध लगाएको थियो । हङकङले  नोभेम्बर १२ देखि २५ तारिखसम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।