१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार १६:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख, उपसभामुखहरूको भेलाको निर्णय- मापदण्ड अपनाएर संसद् सञ्चालन गर्न भूमिका खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार १६:४१:००

प्रदेश सभा सभामुख, उपसभामुख र संघीय संसद्का सभामुख, अध्यक्ष, उपाध्यक्षहरूको भेलाले सरकारले तोकेको मापदण्डको पालना गर्दै संसद् सञ्चालन गर्न र कोभिड– १९ सम्बन्धी जनचेतनाका लागि नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ ।

‘संघीय संसद् र प्रदेश सभा सञ्चालन अनुभव आदान–प्रदान एवं अन्तर्क्रिया कार्यक्रम’को शुक्रबार र शनिबार राजधानीमा भएको भेलाले उक्त निर्णय गरेको हो । कार्यक्रमको निचोडपत्रमा भनिएको छ, ‘कोभिड–१९ को महामारीमा संघीय संसद् र प्रदेश सभा सञ्चालन गर्नुपर्ने अवस्था भएकाले सरकारले तोकेको मापदण्डको पालना गर्दै सभा सञ्चालन गर्न र कोभिड– १९ सम्बन्धी जनचेतनाका लागि नेतृत्वदायी भूमिका खेल्ने ।’

त्यस्तै, उक्त भेलाले संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका विषय र प्रदेश तथा स्थानीय तहको कानुन निर्माणका लागि आवश्यक रहेका संघीय कानुनहरू निर्माण गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।

कार्यक्रमको अर्को निष्कर्ष छ, ‘प्रदेश सभाप्रति जवाफदेही र उत्तरदायी हुने गरी कर्मचारीको व्यवस्था गर्न सेवा सुविधा–सर्तसम्बन्धी छुट्टै कानुनी व्यवस्था गरी प्रदेश सभा सेवा गठनका लागि आवश्यक पहल गर्ने ।’