१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १० बुधबार २१:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक : तीनजना सचिवमा बढुवा, निजामती ट्रेड युनियनको चुनाव स्थगन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १० बुधबार २१:३०:००

 बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रशासनतर्फ गोकर्णमणि दुवाडी, कृषितर्फ योगेन्द्र कार्की तथा इन्जिनियरिङतर्फ सुरेश आचार्य सचिवमा बढुवा भएका हुन् । प्रशासतर्फ सचिव भएका दुवाडी छैटाैँपटकको सिफारिसमा बढुवा भएका हुन् । 

त्यस्तै, बैठकले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन दोस्रोपटक स्थगन गरेको छ । २७ मंसिरका लागि चुनाव तय भएको थियो । सत्तारुढ नेकपानिकट कर्मचारी संगठनकै दबाबमा चुनाव स्थगन भएको स्रोत बताउँछ । चुनाव स्थगनको कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ)ले विरोध गरेको छ ।

बैठकले सगरमाथाको उचाइ सार्वजनिक गर्न पनि स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले बताए । गत वर्ष नापी विभागको टोलीले सगरमाथाको उचाइ मापन गरेको थियो ।

मन्त्रिपरिषद्ले कोभिड–१९ कारण बन्द रहेको भारत र बंगलादेशको उडान क्रमश: खोल्दै जाने निर्णय पनि गरेको छ । ‘अहिलेलाई अध्ययन गरेर हप्तामा सामान्य प्रतिनिधिमूलक हिसाबले खोल्ने निर्णय गरिएको छ’ एक मन्त्रीले भने ।