मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ मङ्सिर ८ सोमबार १६:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग

कमेडियन भारती सिंह धरौटीमा रिहा 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ८ सोमबार १६:१५:००

लागुऔषध गाँजाको प्रयोग गरेको आरोपमा पक्राउ परेकी भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिबाचिया धरौटीमा रिहा भएका छन् । उनीहरू १५–१५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । 

भारती सिंह र हर्षका वकिल अयाज खानका अनुसार सोमबार बिहान ११ बजे नार्कोटिक्स कन्ट्रोल ब्युरोले जवाफी फाइल दिनुपर्नेमा कोही पनि नआएपछि अदालतले भारती र हर्षलाई धरौटीमा रिहा गरेको हो ।

उनीहरू दुवैजनालाई आइतबार अदालतमा पेस गरिएको थियो । त्यसपछि उनीहरूलाई अदालतले ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको थियो । ब्युरोले गत शनिबार भारती र उनका पति हर्षको घर र अफिसमा छापा मारेको थियो । सो क्रममा उनीहरूको साथबाट ८६.५ ग्राम लागुऔषध गाँजा बरामद भएको थियो ।