१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ५ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ५ शुक्रबार १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्रान्तिका एजेन्डा अपहरणमा परे यस्तै हुन्छ : डा. भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ५ शुक्रबार १३:२९:oo

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र बृहत् शान्ति–सम्झौतालाई बिर्सेर देश अघि बढ्ने नसक्ने बताएका छन्।

डा. भट्टराईले नयाँ पुस्तालाई विस्तृत शान्ति सम्झौताको पूर्ण पाठ पढ्नसमेत आग्रह गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र बृहत् शान्ति–सम्झौता (जसमा मधेस जनविद्रोहलगायत पूरक बनेका थिए) लाई बिर्सेर वा अवमूल्यन गरेर देश रसमाज अघि बढ्दैन है ! नयाँ पुस्ताले शान्ति–सम्झौताको पूर्णपाठ पढून् । क्रान्तिका एजेन्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुन्छ !’ 

विस्तृत शान्ति सम्झौता भएको आज १४ वर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको शान्ति–सम्झौता २०६३ साल मंसिर ५ मा भएको थियो ।