१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १८ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक १८ मंगलबार o७:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से स्थिर, कारोबार रकम घट्यो

३ दशमलव ३३ अंकले घटेर १ हजार ६ सय ३७ अंकमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक १८ मंगलबार o७:४७:oo

सोमबार नेप्से परिसूचक करिब–करिब स्थिर देखिएको छ । कारोबार अवधिमा उच्च उतारचढावमा देखिएको बजार बन्द हुँदा सीमान्त दरमा नेप्से घटेको छ । नेप्से ३ दशमलव ३३ अंकले घटेर १ हजार ६ सय ३७ मा सीमित भएको छ । बजारले प्राविधिक रूपमा १ हजार ६ सय ६७ मा प्रतिरोध सामना गरिरहेको, ठूला वाणिज्य बैंकको लाभांश दरमा लगानीकर्ता असन्तुष्ट देखिएको, मुलुकको सत्तासीन राजनीतिक दलभित्र किचलो बढेको लगायतका विविध कारणले बजार बढ्न रोकिएको छ । 

सोमबार कारोबार रकमसमेत १५ प्रतिशतले घटेर २ अर्ब ४५ करोडमा सीमित भएको छ । कारोबारमा आएका कुल १ सय ९७ धितोपत्र र ऋणपत्रमा ९० वटाको मूल्य बढेको, ८२ वटाको मूल्य घटेको छ । सूचीकरणपछि १० कारोबार दिनमै जनरल इन्स्योरेन्सको सेयर मूल्य घट्न सुरु भएको छ । यसबीचमा ५ सय ८९ रुपैयाँसम्म मूल्य कायम गरेको कम्पनीको मूल्य उच्चदरमा घटेको छ । सोमबार कम्पनीको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतसम्म घट्यो । 

यस दिन कारोबारमा आएका बैंकिङ, विकास बैंक, जीवन बिमा र ‘अन्य’ समूहगत परिसूचक भने घटेको छ ।  नेप्से परिसूचकको मैनबत्ती चित्रमा सोमबार सानो कालो आकारको मैनबत्ती आकृति बनेको छ । घट्दो क्रममा रहेको बजारमा कालो मैनबत्तीको आकार घट्दै गएकाले बजार स्थिर हुन लागिरहेको संकेत गर्छ ।  

 विशाल बजारमा कर्नरिङ 
लामो समयदेखि वित्तीय विवरण प्रकाशित नभएको र साधारणसभासमेत नगरेको विशाल बजार कम्पनीको सेयर मूल्य पछिल्ला दिनमा १० प्रतिशतका दरले वृद्धि भइरहेको छ । कम्पनीको मूल्य २ हजार १ सय १९ रुपैयाँ पुगेको छ ।

कम्पनीले २०७४ मा ३४औँ वार्षिक साधारणसभा गरेको थियो भने ०७२/७३ यताको वित्तीय विवरण प्रकाशित गरेको छैन । सरकारको स्वामित्वमा रहेको जमिनको मूल्य (करिब ३ अर्ब ९६ करोड) बराबर सेयर कायम गर्नेलगायतका विषयमा लामो समयदेखि कम्पनी फसेको छ ।

हाल कम्पनीबारे कुनै जानकारी सार्वजनिक भएको छैन । सरकारको ९८ प्रतिशत सेयर स्वामित्व पुग्ने मानिएको कम्पनीमा हाल सेयर कर्नरिङ गरेर बेच्ने अभ्यास भइरहेको बजार स्रोतहरू बताउँछन् । कम्पनीको मूल्य सोमबार कारोबार भएका कम्पनीहरूमध्ये सबैभन्दा धेरै (९ दशमलव ९७ प्रतिशत) ले बढेर २ हजार १ सय २९ पुगेको छ ।  

त्यस्तै, यस दिन नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त गाभेर बनेको सारथि नेपाल लघुवित्तको सेयर सूचीकृत भएको छ । मर्जरको कारण कम्पनीहरूको सेयर कारोबार रोक्का भएको थियो ।  

ad
ad
ad
ad