मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ७ शुक्रबार ०७:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिपी प्रतिष्ठानमा  कोरोनाको उपचार गर्न ६० हजार धरौटी

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार ०७:०७:००

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमितको उपचार गर्न ६० हजार धरौटी राख्नुपर्ने भएको छ । प्रतिष्ठानले धरौटी राखेपछि मात्रै उपचार प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । 

बिहीबार अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले सूचना प्रकाशित गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार, शुल्क निर्धारण गरिएको जनाएका छन् । प्रतिष्ठानले कोरोना संक्रमितलाई चार समूहमा वर्र्गीकरण गरेर त्यहीअनुसार, धरौटी राख्ने व्यवस्था लागू गरिएको छ । यो निर्णय ९ कात्तिकदेखि लागू गरिने भएको छ । 

निर्देशक साहले जारी गरेको सूचनाअनुसार, कुनै लक्षण नभएका संक्रमितले उपचार गर्न सात हजार धरौटी र दैनिक दुई हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी र दैनिक तीन हजार पाँच सय शुल्क तिर्नुपर्नेछ । यस्तै मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी बुझाउनुपर्नेछ भने प्रतिदिन शुल्क सात हजार पाँच सय दिनुपर्नेछ । गम्भीर लक्षण भएका बिरामीले भने ६० हजार धरौटी राखी दैनिक १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक रूपले विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिस तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गर्ने पनि सूचनामा उल्लेख गरिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परीक्षणका लागि पनि दुई हजार दुई सय रुपैयाँ शुल्क तोकेको छ ।