मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार २२:०३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

मंगलबार दिनभर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार २२:०३:००

सांसद विकास कोषमा फेरि पनि खुद्रे योजना नै प्राथमिकतामा
कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिएको सरकारले विवादास्पद सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम)लाई भने कार्यान्वयनमा लगेको छ । सत्तारुढ नेकपाकै नेताहरूले समेत खारेजी माग गरेको यो कार्यक्रमको नियमावली राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा लगिएको हो । नयाँ नियमावलीमा फेरि पनि खुद्रे परियोजनालाई नै प्राथमिकता दिइएको छ ।

संसद्को विशेष अधिवेशन माग गर्न देउवालाई दबाब
कांग्रेसका युवा नेताहरूले संसद्को विशेष अधिवेशन माग गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । कोरोना परीक्षण र उपचारमा शुल्क लिने सरकारको निर्णयको विरोध गर्दै युवा नेताहरूले संसद्को बैठक बोलाउन बाध्य पार्न संसदीय दलका नेता एवं सभापति देउवासँग माग गरेका हुन् । नेताहरूले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सभापति देउवालाई पार्टीका तर्फबाट संसद्को बैठक बोलाउन माग गर्ने विषयमा आग्रह गर्दै लेखेका छन् । 

तीन महिनापछि ओली र नेपाल एक्लाएक्लै भेट, के भयो छलफल ?
प्रधानमन्त्री केपी ओलीले सरकारका कामलाई लिएर लगातार असन्तुष्ट नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । उनीहरूबीच दुई घन्टाभन्दा बढी समय छलफल भएको छ । प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच पछिल्लोपटक ९ साउनको राति बालुवाटारमा भेट भएको थियो । बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सकारात्मक छलफल नभएपछि ओली आफैँले टेलिफोन गरेर नेता नेपाललाई बालुवाटार बोलाएका थिए । 

कर्णाली संकटमा बालुवाटार–खुमलटार आमुन्ने–सामुन्ने : विवाद समाधानको विषयमा सहमति, प्रक्रियामा असहमति
प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद टुंग्याउने सहमति भए पनि प्रक्रियामा भने मतान्तर देखिएको छ । प्रधानमन्त्री ओलीका तर्फबाट उनका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच मंगलवार कर्णाली विवाद समाधान गर्ने विषयमा चारबुँदे सहमति भएको प्रेस नोट सार्वजनिक गरेको केही समयमै प्रचण्डको सचिवालयले छलफलमा भएका कुराकानीलाई प्रदेशले नै समाधान गर्ने गरी सुझाव दिने समझदारी भएको अर्को प्रेस नोट सार्वजनिक गरेको छ ।

जसपाको निर्णय : डा. भट्टराई संघीय परिषद् अध्यक्ष, सांसद चौधरीलाई रिहाई गर्न अभियान चलाउने
जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिएको छ । मंगलबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको हो । केन्द्रीय कार्यकारिणी समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नेतृत्व गर्ने संघीय परिषदप्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि बैठकले पारित गरेको छ । 

कक्षा १२ को परीक्षा मंसिर दोस्रो साता, चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी 
स्थगित भएको कक्षा १२ को परीक्षा आगामी मंसिर दोस्रो साता हुने भएको छ । सरकारले परीक्षा सञ्चालनका लागि सहमति दिएपछि आगामी ९ वा १० मंसिर बाट सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डको भर्चुअल बैठकमा सहमति भएको हो । यसअघि गत वैशाखमा सञ्चालन हुने कार्यतालिका रहे पनि कोरोना भाइरसको जोखिम बढेपछि परीक्षा स्थगित भएको थियो ।  

पोषणविद्को सुझाब– रोग प्रतिरोधी क्षमता बढाउने भए चिल्लो र धेरै खाने बानी हटाउनुस् 
रोग प्रतिरोधात्मक क्षमता बढाउने नाममा छोटाे अवधिमा धेरै प्रकारका खानेकुरा खाइरहने गर्दा उल्टै स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै पोषणविद्ले सचेत गराएका छन् । छोटो अवधिमा धेरै प्रकारका खाना खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने पोषणविद् डा. मनसा थापा ठकुराठीले बताएकी छिन् । कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो कम खान उनले सुझाब दिइन् ।

विश्व महामारीको चपेटामा परे पनि चीनका धनाढ्यहरूले १.४ ट्रिलियन डलर थपे 
चीनका धनाढ्यहरूले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप आर्जन गरेका छन् ।  हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीका अनुसार सो रकम उनीहरूले बितेका पाँच वर्षमा गरेको मुनाफाभन्दा बढी हो । ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाढ्यहरूलाई थप धन आर्जनको अवसर मिलेको अनुसन्धानले देखाएको छ । अगस्टसम्ममा विश्वको दोस्रो अर्थतन्त्र चीनमा अर्बपतिहरूको समूहमा थप दुई सय ५७ व्यक्ति सामेल भएको हुरुन रिपोर्टले उल्लेख गरेको छ । 

प्रहरी समायोजन : संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गर्ने तयारीमा प्रदेश २ सरकार
प्रहरी समायोजनको विषयलाई लिएर प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । प्रहरी समायोजनाको प्रक्रिया सुरु नगर्दै संघीय सरकारले संविधानको मर्ममविपरीत प्रहरी भर्नाको सूचना आह्वान गरेको भन्दै प्रदेश २ सरकारले त्यसविरुद्ध अदालत जाने तयारी गरेको हो । 

चन्द्रमामा अब फोर–जी सुविधायुक्त इन्टरनेट
अमेरिकी अन्तरिक्ष वैज्ञानिक नील आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला (पहिलो मानव पाइला) टेकेको इतिहास धेरै पुरानो भइसकेको छ । अपोलो– ११ अन्तरिक्ष यानमा सवार आर्मस्ट्रङले २० जुलाई १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए । आर्मस्ट्रङको त्यो सफलतापछि विकसित राष्ट्रहरूका वैज्ञानिक हौसिए । उनीहरूले लगातार चन्द्रमामा विभिन्न प्रयोग गर्दै आइरहेका छन् । यस कार्यमा विशेषतः अमेरिकाको अनुसन्धानात्मक संस्था नासा अग्रस्थानमा छ । यही क्रममा नासाले अब चन्द्रमामा फोर–जी सुविधायुक्त इन्टरनेट चलाउन सक्ने जनाएको छ ।