१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस/एएफपी
२०७७ कार्तिक ४ मंगलबार १५:३२:००
Read Time : > 1 मिनेट
अर्थ

विश्व महामारीको चपेटामा परे पनि चीनका धनाढ्यहरूले १.४ ट्रिलियन डलर थपे 

Read Time : > 1 मिनेट
रासस/एएफपी
२०७७ कार्तिक ४ मंगलबार १५:३२:००

चीनका धनाढ्यहरूले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप आर्जन गरेका छन् ।  हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीका अनुसार सो रकम उनीहरूले बितेका पाँच वर्षमा गरेको मुनाफाभन्दा बढी हो । 

ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाढ्यहरूलाई थप धन आर्जनको अवसर मिलेको अनुसन्धानले देखाएको छ । अगस्टसम्ममा विश्वको दोस्रो अर्थतन्त्र चीनमा अर्बपतिहरूको समूहमा थप दुई सय ५७ व्यक्ति सामेल भएको हुरुन रिपोर्टले उल्लेख गरेको छ । 

अध्ययनले चीनमा हाल आठ सय ७८ जना अर्बपतिको सूचीमा रहेको उल्लेख गरेको छ । सन् २०२० को सुरु अर्थात् फेब्रुअरीमा अमेरिकामा ६ सय २६ व्यक्ति अर्बपतिको सूचीमा सूचीकृत हुनुका साथै विश्वका धेरै धनी व्यक्तिको समूहमा अमेरिका नै अग्रस्थानमा थियो । 

चीनमा यो वर्षको अगस्टसम्ममा दुई सय ५७ जना अर्बपति थपिएका छन् । उनीहरूसँग दुई अर्ब चिनियाँ युआन अर्थात् ३० करोड अमेरिकी डलरबराबरको सम्पत्ति छ । समग्रमा उनीहरूले चार ट्रिलियन अमेरिकी डलर मुनाफा कमाएका थिए । 

प्रसिद्ध चिनियाँ ई–कमर्स सेवा अलिबाबाका संस्थापक ज्याक माले यो वर्ष करिब ४५ प्रतिशत बढी सम्पत्ति आर्जन गरेको प्रक्षेपण गरिएको छ । अनलाइन व्यापार कम्पनीका मालिक ज्याकले यो वर्षमा अनलाइन व्यापारबाट मात्रै ५८.८ अर्ब सम्पत्ति जोडेका उल्लेख छ ।

अनलाइन भिडियो खेलका मालिक पोनी मा तथा विच्याटका मालिक टेन्सेन्टलेले अमेरिकी प्रतिबन्धको चेतावनीबीच पनि थप ५० प्रतिशत अर्थात् ५७.४ अर्ब अमेरिकी डलर आर्जन गर्दै ज्याक मालाई पछ्याएको सूचीमा उल्लेख छ ।

चिनियाँ बोतलको ‘ब्रान्डेड पानी’ नोङ्फुका संस्थापक ६६ वर्षीय झोङ साङसानले ५३.७ अर्ब अमेरिकी डलर आर्जन गरी चिनियाँ धनाढ्यहरू सूचीमा तेस्रो स्थानमा पर्न सफल भएका छन् । ‘विश्वले यति धेरै सम्पत्ति केवल एक वर्षमा आर्जन गरेको देखेको छैन,’ हुरुन रिपोर्टका प्रमुख अनुसन्धानकर्ता रुपर्ट हुगेवर्फले विज्ञप्तिमार्फत उल्लेख गरे ।  यस वर्षको सूचीले चीन निर्माण र घरजग्गाजस्ता परम्परागत क्षेत्रहरूबाट नयाँ अर्थतन्त्रतर्फ गइरहेको देखिएको उनले बताए । 

खाद्य सामग्री वितरण सेवा मेतुआनका संस्थापक वाङ सिङले आफ्नो सम्पत्ति चार गुणा बढाएर २५ अर्ब डलरको साथ सूचीमा ५२ औँ स्थानबाट १३औँ स्थानमा पुगेको छ भने अनलाइन सपिङ सञ्जाल जेडी डटकमका संस्थापक रिचार्ड लियुले आफ्नो पैसाको दोब्बर २३.५ अर्ब डलर कमाउन सफल भएको देखिन्छ ।

यसरी हेर्दा विश्व महामारीबाट आक्रान्त बनिरहेका समय पनि चिनियाँ ठूला व्यवसायीले आफ्नो व्यवसायबाट व्यक्तिगत समृद्धिको यात्रामा निरन्तर लाभ लिएको देखिन्छ ।

माथि उल्लेखित कम्पनी तथा व्यवसायीबाहेक चीनमा खास गरी कोभिड– १९ विरुद्धको खोप उत्पादनमा काम गरिरहेका औषधि तथा चिकित्सकीय सामग्री उत्पादन कम्पनीहरूले पनि उल्लेख्य लाभ लिएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले संक्रमण नियन्त्रणमा रहेको देखिएपछि यस वर्ष अर्थव्यवस्था विस्तार हुने एक मात्र प्रमुख मुलुक चीन बन्ने बाटोमा रहेको बताएको छ ।