मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असोज २९ बिहीबार १६:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरी र हतियारधारी समूहबीच ठाेरीमा झडप, चार पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ असोज २९ बिहीबार १६:३२:००

पर्साको ठोरी गाउँपालिकामा प्रहरी र हतियारधारी समूहबीच बुधबार राति झडप भएको छ । जंगलछेउको ओरिया खोलामा लागुऔषध तस्कर र प्रहरीबीच झडप भएको हो । 

तस्कर समूहले एक राउन्ड फायर गरेपछि प्रहरीले पनि दुई राउन्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए । 

उनका अनुसार हतियारसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकाहरूबाट एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउन्ड गोली र एक थान खुकुरी बरामद भएको उनले बताए । लागुऔषध गाँजा आइरहेको सूचनाको आधारमा बगरमा प्रहरी खटाइएको प्रहरी निरीक्षक साहले बताए । 

प्रहरी टोलीलाई देखेर हतियारधारी समूहले फायरिङ गरेपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउन्ड गोली चलाएको थियो ।

उनीहरूलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।