१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २५ आइतबार १८:५१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

डाट्सनले नेपाली बजारमा ल्यायो नयाँ गाडी रेडी–गो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २५ आइतबार १८:५१:००

डाट्सनले नयाँ गाडी रेडी–गो नेपाली बजारमा ल्याएको छ । नयाँ रेडी–गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवं फिचरहरूले भरिपूर्ण सुविधाहरू रहेको कम्पनीले जनाएको छ । 

निशान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजक्कोकका अनुसार नयाँ डाट्सन रेडी–गो स्ट्रङ भ्याल्यु पोजिसनको साथ उच्च गुणस्तरीय उत्पादन रहेको छ । उनले भने, ‘यो गाडी जापानी प्रविधिद्वारा निर्माण गरिएको छ, यसमा सेगमेन्ट लिडिङ सुविधाहरू विद्यमान रहेका छन् । यसमा भएका सुविधा एवं विशेषताहरूले आजका युवा वर्गका अधिकांश आवश्यकतालाई सहजै पूरा गर्नेछन् । हामीले डाट्सनको भ्यालु पोजिसनलाई अझै विस्तारित गरी प्रोग्रेसिभ मोबिलिटीलाई बढाउँदै गइरहेका छौँ ।’

–८ इन्चको टच स्क्रिन, एडभान्स एन्ड्रोइड तथा एप्पल कार प्लेमार्फत सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम भएको
–प्रोजेक्सन गाइडको साथ बेस्ट इन क्लास रियर क्यामरा भएको 
–बोल्ड स्यान्डको साथ एल सेप्ड LED DRLS, स्पोर्टी एवं प्रोग्रेसिभ स्टाइलिङ

हेचब्याकमा १८७ एम एम को सेगमेन्ट लिडिङ ग्राउन्ड क्लियरेन्स तथा क्लास लिडिङ रियर नि रुम कम्फोर्टले उत्कृष्ट सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ । यसबाट आरामदायी एवं भरपर्दो ड्राइभ अनुभव मिल्ने, नेपाली सडकहरूलाई सुहाउने किसिमले तयार पारिएको हुँदा यो गाडीले हरेक दृष्टिकोणबाट यात्रालाई सहज तुल्याइदिने कम्पनीको विश्वास छ । 

नयाँ रेडी–गोमा वेस्ट इन क्लास फिचरहरू रहेका छन् । यसमा ८ इन्चको टच स्क्रिन, एडभान्स एन्ड्रोइड तथा एप्पल कार प्लेमार्फत सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । प्रिमियम गन मेटल फिनिसिङको साथ अनबोर्ड एक ड्युल टोन  इन्स्ट्रुमेन्ट प्यानल पनि रहेको छ । 

यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरू समावेश गरिएको छ । ठूलो दृर्घटनाबाट बच्नका लागि बढी स्टक्चर राखिएको छ । जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँछ । त्यस्तै यसमा साइट इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट बेल्ट, डुअल एयर ब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यु क्यामरा पनि रहेको छ । नयाँ डाट्सन रेडी–गोको नेपाली बजार मूल्य २३.९९ लाख राखिएको छ ।