१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:३९:oo

 एक्साइड इन्डस्ट्रिजको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ । एक्साइड स्टार र एक्साइड म्याजिक नामका दुईवटा इन्भर्टर एक एकैसाथ सार्वजनिक गरिएको हो । 

एक्साइड स्टारमा एड्भान्स माइक्रोकन्ट्रोलर, लो भोल्टेज अपरेसनका लागि उपयुक्त प्योर साइन वेभ सेप, दुईवटा अप्सनमा चार्ज गर्न सकिने, एलइडी डिस्प्ले इन्टरफेस र अटो स्मार्ट प्रोटेक्सनलगायत रहेको जनाइएको छ । त्यस्तै, एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटो सेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रिमली लो हार्मोनिज, कलरफुल एलइडी इन्टरफेस, दुईवटा अप्सनमा चार्ज गर्न सकिने, अटो स्मार्ट प्रोटेक्सन र नोइजलेस अपरेसनलगायत विशेषता रहेको कम्पनीले उल्लेख गरेको छ ।  

एक्साइड इन्भर्टर सार्वजनिक गर्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले लामो समयदेखि पावर ब्याकअप सेवा दिँदै आइरहेकोमा नयाँ इन्भर्टरहरूले आगामी दिनमा नयाँ उचाइ र आयाम छुने कुरामा विश्वस्त हुन कार्यक्रममा उपस्थित डिलरलाई आग्रह गरेका थिए । साथै, एक्साइड इन्डियाका कार्यकारी उपाध्यक्ष मुकुल कन्डवालले एक्साइड स्टार र एक्साइड म्याजिक इन्भर्टरले नेपाली बजारमा पावर ब्याकअपको रेन्ज पूरा भएको बताए । यसले ग्राहकको अनुकूलताअनुरूप ब्याकअपको परिपूर्ति गर्न मद्दत गर्ने उनको दाबी थियो । 

ad
ad