१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टोयोटाको यारिस क्रस हाइब्रिड नेपाली बजारमा, मूल्य एक करोड २२ लाख  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४३:oo

टोयोटाको यारिस क्रस हाइब्रिड इलेक्ट्रिक भेहिकल नेपाली बजारमा सार्वजनिक भएको छ । टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले शुक्रबार हाइब्रिड मोडल यारिस क्रस नेपालमा सार्वजनिक गरेको हो । नेपाली बजारमा यारिस क्रस हाइब्रिडको मूल्य एक करोड २२ लाख रुपैयाँ तोकिएको छ ।  

यस एसयुभीको लम्बाइ ४३१० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१५ एमएम छ । यसमा २६२० एमएम लामो ह्विलबेस र १८ इन्चको टायर रहेको छ । गाडीमा अटोमेटिक हाइबिमसहितको हेडलाइट, एलइडी डिआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट रहेको छ । पहिलोपटक यस मोडलमा मल्टी कलर एम्बियन्ट लाइट दिएको पनि कम्पनीले जनाएको छ ।

हाइब्रिड पावरट्रेन भएकाले यसमा इलेक्ट्रिक मोटर र ४.३ एम्पियर आवरको ब्याट्री प्याक पाउन सकिन्छ । रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेको गाडीमा इ–सिभिटी गियरबक्स पाउन सकिन्छ । कारमा १५ सय सिसी र चार सिलिन्डर ड्युल भिभिटी–आई इन्जिनजडित छ । नयाँ यारिस क्रसमा २१० मिलिमिटर ग्राउन्ड क्लियारेन्स, लिथियम–आयोन ब्याट्री, प्यानोरेमिक ग्लास रुफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले, ६ स्पिकर, प्यानोरेमिक ३६० डिग्री क्यामरा, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्डलगायत विशेषता रहेका छन् । 

यस मोडलमा ८ वे पावर इलेक्ट्रिक ड्राइभर सिट, वायरलेस मोबाइल चार्जर, एपल कारप्ले, अन्ड्रोइड अटो र किक सेन्सरसहितको पावर टेलगेट पाउन सकिन्छ । सुरक्षाका लागि गाडीमा ६ एयरब्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल, एन्टी–लक ब्रेकिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामरा, फ्रन्ट र रियर दुवै साइडमा पार्किङ सेन्सरजस्ता आधुनिक फिचर छन् ।

ad
ad