१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ओप्पो ए–७८ नेपाली बजारमा सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:५५:oo

मोबाइल फोन ब्रान्ड ओप्पोले नेपालमा नयाँ ओप्पो ए–७८ सार्वजनिक गरेको छ । कम्पनीले एफएचडी एमोलेड डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ–फास्ट ६७ वाट फ्ल्यास चार्जर, ५००० एमएएच ब्याट्री, कलरओएस १३.१ साथ विशेष अपग्रेड गरिएको फोन बजारमा ल्याएको हो  ।

यो फोन चार वर्षसम्म निर्बाध रूपमा चल्ने गुणस्तरसहित निर्माण गरिएको कम्पनीको दाबी छ । यसमा भएको ६७ वाटको चार्जरले ४४ मिनेटमा ब्याट्री १०० प्रतिशत चार्ज गर्न सक्ने जनाइएको छ । यसको ब्याट्रीले २७.४ दिनको स्ट्यान्डबाई फ्लाइट मोड वा १६.३७ घन्टासम्म युट्युब भिडियो हेर्न मिल्ने कम्पनीको भनाइ छ ।

 यसमा रहेको ६.४ इन्चको स्क्रिनमा ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच नमुना दरलाई परिष्कृत सहजता र प्रतिक्रिया प्रदान गर्ने जनाइएको छ । यसका धेरै विशेषतासाथ सही सुविधा प्राप्त गर्ने निश्चितताका लागि सफ्टवेयर, हार्डवेयर र अन्य बृहत् प्रविधिहरूको अप्टिमाइजेसनमार्फत ४८–महिनाको फ्लुएन्सी परीक्षण पास गरेको कम्पनीको दाबी छ । यो फोन हाल एक्वा ग्रिन र मिस्ट ब्ल्याक कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

ad
ad