मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २३ शुक्रबार १७:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली रोग र भोकले मर्न नपरोस् भनेर सरकार प्रयासरत छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
२०७७ असोज २३ शुक्रबार १७:५२:००

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली रोग र भोकले मर्न नपरोस् भनेर सरकारले सुरुदेखि नै प्रयास रहेको बताएका छन् । एनआरएन विश्व ज्ञान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले नेपालीको जीवनरक्षामा सरकार लागिरहेको बताएका हुन् । 

उनले भने, ‘अहिले कोभिड–१९ को विश्वव्यापी महामारीको असर नेपालमा पनि परेको छ । नेपालमा अहिलेसम्म यो बढी नै रहेको छ । हाम्रो नियन्त्रणका प्रयासहरू जारी छन् र अझै प्रभावकारी ढंगले प्रयासलाई अघि बढाएर हामी केही समयभित्रै यसलाई न्यूनीकरण गर्ने र पूर्ण रूपमा नियन्त्रण गर्ने प्रयासमा आफूलाई केन्द्रित गरेका छौँ ।’

ओलीले नेपाल सरकारको अहिलेको प्रमुख काम कोभिड नियन्त्रण गर्नु भएको बताए । ‘मैले सुरुदेखि नै भन्दै आएँ, सबैभन्दा महत्वपूर्ण पक्ष जनताको जीवनरक्षा गर्नु हो,’ ओलीले भने, ‘कोभिड, १९ को कारणले, स्वास्थ्यको कारणले, बिरामीको कारणले क्षति हुन नपाओस् ।’

उनले रोग र आर्थिक पक्षबाट जीवनरक्षा गर्न सरकार लागिपरेको दाबी गरे । उनले भने, ‘रोगले पनि, भोकले पनि नेपालीले ज्यान गुमाउनु नपरोस् भनेर जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रूपमा प्रयास  गरेको छ । नेपाल सरकार दुईवटै पक्षबाट जनताको जीवनरक्षाका निम्ति प्रयासरत छ ।’