१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १९ सोमबार
  • Saturday, 28 September, 2024
२o७७ असोज १९ सोमबार २२:oo:oo
Read Time : > 2 मिनेट
Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १९ सोमबार २२:oo:oo

ज्येष्ठ नागरिक र दीर्घरोगी मात्र होइन, कोरोनाबाट मृत्यु हुने सक्रिय उमेर समूहका मानिस पनि कम छैनन्

कोरोना भाइरस संक्रमणका कारण १९ असोजसम्ममा देशभर पाँच सय ५४ जनाको मृत्यु भएको छ । यस सूचीमा जन्मेको पाँच दिनदेखि एक सय आठ वर्षसम्मका व्यक्ति छन् । कोरोनाको सर्वाधिक जोखिममा मानिएका ज्येष्ठ नागरिक मात्र होइन, तन्दुरुस्त उमेर समूहका व्यक्ति पनि कोभिड–१९ को सिकार बनेका छन् ।

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशुलाई जन्म दिएकी छिन् । थापाथलीस्थित परोपकार प्रसूतिगृहमा उनले सोमबार पाँच शिशुलाई जन्म दिएकी हुन् । चार शिशुको स्वास्थ्य सामान्य रहेको र एक शिशु भने मृत अवस्थामा निकालिएको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी जानकारी दिए ।

‘बले’विरुद्ध १७ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा 

एक वर्षअघि जुवाखालबाट पक्राउ परेका बलराम सापकोटा ‘बले’विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । उनीसँग १७ करोड ५२ लाख ७७ हजार दुई सय ६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित विभागले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

इंग्लिस प्रिमियर लिग : ठूला क्लबका अकल्पनीय नतिजा

इंग्लिस प्रिमियर लिग (इपिएल)मा आइतबार राति उपाधि दाबेदार दुई क्लबले नसोचेको नतिजा आत्मसात् गरेका छन् । साबिक विजेता लिभरपुल र म्यानचेस्टर युनाइटेड आ–आफना खेलमा ६ गोल अन्तरले पराजित भएका छन् । ओले वाटकिंसको ह्याट्रिकको मद्दतमा आस्टोन भिल्लाले लिभरपुललाई ७–२ ले स्तब्ध पा¥यो । अर्को खेलमा टोटनह्यामले युनाइटेडमाथि ६–१ को जित निकाल्यो ।

समयसीमाभित्र गृहकार्य गर्न ओली-प्रचण्ड असफल, महाधिवेशन तयारीको योजना पनि अलपत्र 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड समयसीमाभित्रै मन्त्रिपरिषद्  पुनर्गठनदेखि एकीकरणको बाँकी काम टुंग्याउने गृहकार्यको जिम्मेवारी पूरा गर्न असफल भएका छन् । गत ४ र ६ असोजपछि केन्द्रीय सचिवालय बैठक बस्न सकेको छैन । पछिल्लो बैठकयता ओली र प्रचण्डबीच आठपटकसम्म छलफल भइसके पनि केन्द्रीय सचिवालयले दिएको जिम्मेवारी पूरा गर्न दुवै अध्यक्ष असफल भएका छन् ।

राजधानी विवाद : नाराबाजीपछि तोडफोडमा उत्रिए सांसद

प्रदेश ५ को राजधानी दाङ तोक्ने विवाद चर्किँदै जाने क्रममा सोमबारको प्रदेश सभा बैठकमा नाराबाजी तथा तोडफोड भएको छ । २ बजेसम्मका लागि स्थगित भएको बैठक केहीबेर अघि सुरु हुने क्रममा विपक्षी दलका सांसद नाराबाजी गर्दै तोडफोडमा उत्रिएका हुन् ।

काठमाडाैं उपत्यकाका १२ जनासहित कोरोना संक्रमणबाट १९ जनाको निधन

कोरोना संक्रमणबाट विगत २४ घन्टामा थप १९ जनाको निधन भएको छ । संक्रमणबाट १४ पुरुष र पाँचजना महिलाकाे निधन भएकाे हाे । कोरोनाबाट एकैदिन निधन भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । योसमेत देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या पाँच सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाकाे असर न्यायालयमा : सर्वोच्चमा दुई न्यायाधीश मात्र उपस्थित, बाँकी होम क्वारेन्टिनमा

सर्वोच्च अदालतमा सोमबार दुईजना न्यायाधीश मात्र उपस्थित भएका छन् । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा मात्र अदालतमा उपस्थित भएका हुन् ।

२४ घन्टामै पिसिआरको फरक-फरक रिपोर्ट !

विराटनगरको नोबेल मेडिकल कलेजले २४ घन्टामै पिसिआरको फरक-फरक रिपोर्ट दिएको छ । नोबेलको स्वाब परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा एक युवाको रिपोर्टमा पहिलो पोजेटिभ र पछि नेगेटिभ आएको हो । 

सत्याग्रहको २२औँ दिनमा कांग्रेसकाे २२ मिनेट धर्ना

अनशनको २२औँ दिनमा २२ मिनेट धर्ना दिएर प्रमुख प्रतिपक्ष दल कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीप्रति ऐक्यबद्धता जनाएको छ । सोमबार प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा गएको कांग्रेसकाे टोलीले डा. केसीको अनशनस्थल महाराजगन्जको शिक्षण अस्पताल परिसरमा २२ मिनेट धर्ना दिएर ऐक्यबद्धता जनाएको हो ।