१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी
२o८१ बैशाख ३१ सोमबार १७:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद

इंग्लिस प्रिमियर लिग : ठूला क्लबका अकल्पनीय नतिजा

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:३७:oo

इंग्लिस प्रिमियर लिग (इपिएल)मा आइतबार राति उपाधि दाबेदार दुई क्लबले नसोचेको नतिजा आत्मसात् गरेका छन् । साबिक विजेता लिभरपुल र म्यानचेस्टर युनाइटेड आ–आफना खेलमा ६ गोल अन्तरले पराजित भएका छन् ।

ओले वाटकिंसको ह्याट्रिकको मद्दतमा आस्टोन भिल्लाले लिभरपुललाई ७–२ ले स्तब्ध पा¥यो । अर्को खेलमा टोटनह्यामले युनाइटेडमाथि ६–१ को जित निकाल्यो । सन् ०२०/२१ को इपिएल सिजनमा यो नतिजा अहिलेसम्मकै स्तब्ध पर्ने मानिएको छ । साबिक विजेता लिभरपुलले आफ्नो शतप्रतिशत नतिजा कायम राख्न सकेन । रमाइलो पक्ष के छ भने गत सिजनमा भिल्ला बल्लतल्ल रेलिगेसनबाट बचेको क्लब हो । लिभरपुलले ३० वर्षपछि इपिएलको उपाधि उचाल्दा भिल्लालाई ६४ अंकले पछाडि राखेको थियो । भिल्लाले सन् ००७ पछि लगातार चार घरेलु खेलमा जित निकालेको छ । 

जर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपुल कुनै पनि प्रतियोगितामा ७ गोलअन्तरले पराजित भएको सन् १९६३ पछिको पहिलो हो । लिभरपुलले सामना गरेको यो नतिजालाई प्रशिक्षक र समर्थकले पत्याउन सकिरहेका छैनन् । उत्कृष्ट फर्ममा रहेको लिभरपुलले कसरी अप्रत्याशित नतिजा व्यहो¥यो भन्ने प्रश्न उठेको छ । 

आस्टोन भिल्लाले जसरी घरेलु मैदानमा आइतबार राति खेल्यो, त्यो वास्तवमै उत्कृष्ट थियो । भिल्लाको प्रत्येक प्रहारको उत्तर लिभरपुलसँग थिएन । भिल्लाका सबै खेलाडीले लिभरपुलमाथि असम्भव ठूलो गोलअन्तर निकाल्न शतप्रतिशत मिहिनेत गरेका थिए । लिभरपुलका डिफेन्डर भर्गिल भान डिजकले समेत विपक्षीको मिहिनेत स्वीकार गरेका छन् । भान भन्छन्, ‘हामी नतिजाबाट अत्यन्तै दुःखी छौँ, हामी यस किसिमको गोल–अन्तरमा पराजित हुने टोली होइनौँ, अब लिभरपुलले हारको समीक्षा गर्नुपर्छ, आउँदो दिनमा यस्तो नतिजा फेरि हेर्न नपरोस् ।’ 

यस्ता गल्ती अब दोहो¥याउन हुँदैन : प्रशिक्षक क्लोप
भिल्लाको घरेलु मैदानमा लिरभपुलको पासिङ बिर्सनलायक थियो । खेलको चौथो मिनेटमा गरेको एक गल्ती अन्तिमसम्मै जारी नै रह्यो । लिभरपुलका प्रशिक्षक क्लोपले फुटबलमा यस किसिमको गल्ती दोहो¥याउन नहुने बताए । च्याम्पियन प्रशिक्षकले यस्तो नतिजा देख्नु भनेको कल्पनाभन्दा बाहिरको हो । 

‘फुटबलमा यस्तो भइरहन्छ, जुन किसिमले आज हामीले खेल्यौँ, त्यो जतिसक्दो चाँडो बिर्सँदा राम्रो हुन्छ,’ क्लोपले भने, ‘जति पनि हामीले गोल खाएका थियौँ, त्यो डिफेन्डर वा कमजोर पासिङमै भयो ।’ लिभरपुलका लागि ब्याक टु ब्याक गोल स्ट्राइकर मोम्हमद सलाहले गरेका थिए । भिल्लाले भने १८औँपटक साबिक विजेता क्लबलाई हराएको हो । सन् १९९८ मा भिल्लाले तत्कालको विजेता आर्सनलमाथि ३–२ को नतिजा निकालेको थियो । 

खेलाडीले सुरुदेखि अन्तिमसम्मै उत्कृष्ट प्रदर्शन गरे : प्रशिक्षक स्मिथ
भिल्लाका प्रशिक्षक डिएन स्मिथ पनि अचम्म मान्छन् । प्रशिक्षक स्मिथ भन्छन्, ‘हामीले कहिल्यै पनि यो नतिजा कल्पना गरेका थिएनौँ, तर प्रत्येक खेलाडीले सुरुदेखि अन्तिमसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए ।’ 

प्रतिस्पर्धामा लिभरपुलमा पहिलो रोजाइका गोलरक्षक अलिसन थिएनन् । उनी चोटग्रस्त छन् । साडियो माने तथा थिएगो कोरोना पोजेटिभ हुँदा बाहिर नै थिए । तीन मुख्य खेलाडीको अनुपस्थितिले धेरै असर गरेको प्रशिक्षक क्लोपले बताए । 

वल्र्ड ट्राफोर्डमा माउरिन्होको सान
युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा प्रशिक्षक जोसे माउरिन्हो विपक्षी प्रशिक्षकका रूपमा देखिए । युनाइटेडका पूर्वप्रशिक्षकसमेत रहेका माउरिन्होले टोटनह्यामलाई ६–१ को सानदार जित दिलाए । युनाइटेडको मैदानमा माउरिन्होले भरपूर मनोरञ्जन लिए । यही क्लब हो, जसले माउरिन्होलाई लज्जित गरी प्रशिक्षकबाट बर्खास्त गरेको थियो । यसपटक टोटनह्यामका प्रशिक्षकका रूपमा फर्कँदा उनले आफ्नो पुरानो रिसइबी पनि पोखे । साढे दुई वर्षपछि वल्र्ड ट्राफोर्डमा पाइला राखेका माउरिन्होलाई खुसी दिलाउन सोन हेउन मिन तथा ह्यारी केनले दुई–दुई गोल गरेका थिए ।

सन् २०११ पछि युनाइटेड ६–१ ले घरमै पराजित भएको पहिलोपटक हो । त्यसवेला म्यानचेस्टर सिटीले यही नतिजामा युनाइटेडलाई हराएको थियो । प्रशिक्षक ओले सोल्सायरले टोली सम्हालेयताकै युनाइटेड ठूलो गोलअन्तरले पराजित भएको हो । यो नतिजाले युनाइटेड लिगको १६औँ स्थानमा सीमित भएको छ । पछिल्लो ११ दिनमा फरक तीन प्रतियोगितामा गरी पाँच खेल खेलेको टोटनह्याम लिगको पाँचौँ स्थानमा उक्लेको छ । टोटनह्यामले वल्र्ड ट्राफोर्डमा सन् १९३२ पछि ६–१ को जित निकालेको हो । 

युनाइटेडका प्रशिक्षक सोल्सायरले प्रशिक्षणको करिअरमा यसलाई नै खराब नतिजा तथा दिनका रूपमा टिप्पणी गरेका छन् । ‘यो नतिजाबाट लज्जित छु, यसले सबै खेलाडीलाई दुःखी बनाएको छ, एक खेलाडी र प्रशिक्षकले यस्तो नतिजा कहिल्यै कल्पना गरेको हुँदैन,’ सोल्सायरले भने, ‘हारको जिम्मेवारी म नै लिन्छु ।’ 

टोटनह्यामका प्रशिक्षक माउरिन्होले युनाइटेडको मैदानमा ६–१ को नतिजाले आफू गौरवान्वित भएको जनाए । ‘६–१ को जितपछि मैले युनाइटेड मैदानमा गर्वको महसुुस गरेको छु, जितभन्दा पनि प्रदर्शन कस्तो हुन्छ भन्ने दबाब थियो,’ माउरिन्होले भने, ‘मैले खेलाडीहरूलाई सयपटक भनेँ होला– वल्र्ड ट्राफोर्डमा अहिलेसम्मकै उत्कृष्ट नतिजा निकाल्नुपर्छ ।’ 
 

ad
ad