नेपाल र बंगलादेशबिच पहिलोपटक टी–२० शृंखला हुने

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल र बंगलादेशबिच पहिलोपटक टी–२० शृंखला हुने भएको छ। २०२७ को मार्चमा तीन खेलको सिरिज हुन लागेको नेपाल क्रिकेट संघले सार्वजनिक गरेको छ। 

सिरिजका लागि बंगलादेशको टोली नेपाल आउनेछ। यसअघि नेपालले टेस्ट राष्ट्रमध्ये वेस्ट इन्डिजसँग टी–२० सिरिज खेलेको थियो। 

यस्तो प्रतिस्पर्धाका लागि बंगलादेशका लागि नेपाली राजदूतले पनि प्रयास गरिरहेका थिए। 

आगामी वर्ष नेपालले बंगलादेशमा हुने एसिया कपमा प्रतिस्पर्धा गर्दै छ। सो प्रतियोगिताअघि नेपाल र बंगलादेशबिच टी–२० शृंखला हुन लागेको हो। तीनै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ। खेलहरु १२, १४ र १६ चैतमा हुनेछ। 

सुझावित समाचार