१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आफन्तले बुझे सम्झनाको शव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३९:oo

जिल्ला प्रहरी कार्यालयले हत्याका आरोपी सार्वजनिक गरेपछि आफन्तले सम्झना कामीको शव बुझेका छन् । बझाङ मष्टा गाउँपालिका– २, खिकालाकी १२ वर्षीया सम्झनाको ७ असोजको साँझ बलात्कारपछि हत्या भएको थियो ।

आफन्तले हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान राख्दै आएका थिए । बालिकाको बलात्कारपछि हत्यामा संलग्न २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेपछि आफन्तले बुधबार शव बुझेका हुन् । आठ दिनदेखि सम्झनाको शव जिल्ला अस्पतालमा थियो । शव बुझेर आफन्तले गाडेका छन् ।

सम्झनाको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए । सम्झनाको आत्माले शान्ति पाओस् भन्दै सदरमुकाम चैनपुरमा बुधबार नै युवाहरूले दीप प्रज्ज्वलन गरेका छन् ।

बालिकाका हजुरबा गोरखबहादुर कामीले त्यही दिन छिमेकी बोहराविरुद्ध किटानी जाहेरी दिएका थिए । सम्झनाका आफन्तले आफूहरू अब न्यायको पर्खाइमा रहेको बताएका छन् । बोहराले गत २९ साउनमा समेत छिमेकी १३ वर्षीया बालिकाको बलात्कार गरेका थिए । तर, त्यो घटना पञ्चायत बसेर गाउँमै मिलाइएको थियो ।

ad
ad