१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ४ आइतबार १६:३२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए सात सय ६७ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ४ आइतबार १६:३२:००

काठमाडौं उपत्यकामा आइतबार थप सात सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ६ सय दुईजना, ललितपुरमा ६४ जना र भक्तपुरमा एक सय एकजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आइतबार १३ सय २५ जनामा संक्रमण देखिएको थियो ।

उपत्यकामा संक्रमण पुष्टि भएको देशभरको तुलनामा आधाभन्दा बढी हो ।