१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o६:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

होलीको सुरक्षा : उपत्यकाका सडकमा पाँच हजार सुरक्षाकर्मी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:o५:oo

प्रहरीले होलीलक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकामा मात्रै पाँच हजार सुरक्षाकर्मी खटाउँदै छ । यी सुरक्षाकर्मी आइतबार (आज) बिहानदेखि साँझसम्म परिचालन हुनेछन् । 

होलीमा उच्छृंखल गतिविधि नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरमातहत रहेका सुरक्षाकर्मी खटिने काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । त्यसबाहेक काठमाडौं उपत्यका ट्राफिक कार्यालयबाट पनि सुरक्षाकर्मी परिचालन हुनेछन् । कार्यालयका अनुसार ट्राफिक कार्यालयबाट मात्रै नौ सय हाराहारीमा सुरक्षाकर्मी खटिनेछन् । होलीलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने प्रहरीले जनाएको छ । 

अवदेश विष्ट, एसपी,  उपत्यका प्रहरी कार्यालय
होली पर्वलाई सुरक्षित र मर्यादित बनाउनुपर्छ । यसका लागि उपत्यकाभित्र करिब पाँच हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अवाञ्छित क्रियाकलाप गर्नेलाई प्रहरीले पक्राउ गर्नेछ । भिड हुने ठाउँको सुरक्षा निगरानी ड्रोनबाट पनि हुनेछ ।

‘होली पर्वलाई सुरक्षित र मर्यादित बनाउनुपर्छ । यसका लागि उपत्यकाभित्र करिब पाँच हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । अवान्छित क्रियाकलाप गर्नेलाई प्रहरीले पक्राउ गर्नेछ । भिड हुने ठाउँको सुरक्षा निगरानी ड्रोनबाट पनि हुनेछ,’ उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले भने । 

कार्यालयका अनुसार होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ । ३० मोबाइल भ्यान परिचालन गरी आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राख्ने तथा दुर्घटनारहित होली पर्व मनाउन र उच्छृंखल गतिविधि नियन्त्रणका लागि मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना छ । 

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठूलो आवाज निकाल्ने, मोटरबाइकमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि विशेष निगरानी हुने प्रहरीले जनाएको छ । अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिनेछ ।

विशेष गरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमतिविपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्नेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी जीवन श्रेष्ठले बताए । 


 

ad
ad