१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ४ आइतबार ०९:२६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

कोरोना जोखिममै पनि विदेशमा भविष्य खोज्दै नेपाली विद्यार्थी (भिडियाे रिपाेर्ट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ४ आइतबार ०९:२६:००

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च छ । तर, त्यसको पर्वाह नगरी शिक्षा मन्त्रालयको केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा विद्यार्थीको भिड छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच उनीहरू विदेशमै भविष्य खोज्दै छन् ।

शाखाबाट विदेशमा अध्ययनका लागि स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) र विदेशी मुद्रा सटही सिफारिसपत्र दिने व्यवस्था छ । भदौ दोस्रो साता सरकारले विदेशमा अध्ययनका लागि स्वीकृतिपत्र वितरण खोल्ने निर्णय गरेको थियो । त्यसको केही दिनपछि मन्त्रालयले अनलाइन आवेदन लिन सुरु गरेको हो ।

कोरोना संक्रमण बढेसँगै त्यसबाट अति प्रभावित मुलुकका लागि मन्त्रालयले चैत पहिलो सातादेखि स्वीकृतिपत्र दिन बन्द गरेको थियो । सोही कारण चैतयता न्यून संख्यामा मात्र स्वीकृतिपत्र जारी भएको थियो ।

भिडियो हेर्नुहोस्>>>