मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज २ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज २ शुक्रबार १६:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आधिकारिक ट्रेड युनियनको चुनावको तयारी, कर्मचारीको सरुवा रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज २ शुक्रबार १६:५१:oo

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै निजामती कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको छ । आगामी २४ असोजमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन लागेकाले सरुवा रोक्ने निर्णय गरेको हो ।

निर्वाचनको आचारसंहिताका कारण सरुवा रोकिएको मन्त्रालयले जनाएको छ । प्रमुख निर्वाचन अधिकृतको पत्रअनुसार २४ असोजसम्म सरुवा तथा काज सरुवा नहुने मन्त्रालयले प्रस्ट पारेको छ । 

कोरोना महामारी बढिरहेका वेला सरकारले आधिकारिक ट्रेड युनियनको चुनाव गर्न लागेको हो । चुनावमा अधिकृतसम्मका कर्मचारीले मतदान गर्न पाउनेछन् । विषम परिस्थितिमा चुनाव गर्न लागेको भन्दै ट्रेड युनियनकै नेताहरूले यसको विरोध गरेका छन् ।