१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख ३० आइतबार १५:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दुई महिना बित्दा पनि जम्बुका बाढीपहिरोपीडितले पाएनन् किरिया खर्च 

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:२o:oo

बाह्रबिसे नगरपालिका जम्बुमा याल्मो खोलामा आएको बाढीपहिरोले २४ असारमा गाउँ नै भोटेकोसीमा मिसियो । पहिरोले गाउँ पुरेको दुई महिना बितेको छ । विपत्तिमा १९ जनाले ज्यान गुमाए । दुई दर्जन घर पूर्ण रूपमा ध्वस्त भए ।  

सेना र प्रहरीले सात दिनसम्म लगातार बेपत्ताको खोजी गर्‍यो । दुईको मात्रै शव भेटियो । बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाले घटना भएकै दिन पीडित परिवारलाई किरिया खर्चका लागि तत्काल एक–एक लाख दिने घोषणा गरेका थिए । तर, आजसम्म पनि बेपत्ता भएका १७ जनाका परिवारले किरिया खर्च पाउन सकेका छैनन् । 

‘सुरुमा जिल्ला प्रशासनबाट प्रक्रिया मिलाएर आउला र वितरण गरुँला भन्ने सोचाइमा लागियो । तर, प्रक्रिया लामो भएकाले ढिला भइरहेको छ,’ उपमेयर सुशीला पाख्रिनले भनिन् । प्रहरीले मुचुल्का उठाउन थालेकाले  बल्ल प्रक्रियामा गएको उनले बताइन् । 

स्थानीय सरकारले पीडितको दुःखलाई नजरअन्दाज गरेको बेपत्ता तथा मृतक भएका परिवारले गुनासो पोखे । तामाङ समुदायको किरियामा बढी खर्च लाग्ने भएकोले पीडित परिवारले ऋण काढेर ४९ दिनसम्मको किरिया प्रक्रिया पूरा गरेको स्थानीय विकेश लामाले बताए । ‘सुरुदेखि नै नगरपालिकालाई किरिया खर्च दिन घच्घच्याएको हो, तर आजसम्म प्राप्त भएको छैन,’ उनले भने । 

बेपत्ताको प्रहरी मुचुल्का तयार हुँदै थियो, फेरि नागपुजेमा पहिरोले क्षति पुगेकोले काम केही ढिलो हुने उपमेयर पाख्रिनले बताइन् । कहिले जिल्ला प्रशासन त कहिले प्रहरीमाथि दोष थोपरेर नगरपालिकाले पीडितहरूको पीडामा झन् पीडा थपेको गुनासो छ पहिरोमा पाँच आफन्त गुमाएका चरिबहादुर तामाङ र चार आफन्त गुमाएकी छिरिङ डोल्मा गोलेको । 

यसैबीच लिदी पहिरोमा ज्यान गुमाएका मृतकका परिवारलाई भने किरिया खर्चबापत जुगल गाउँपालिकाले एक–एक लाख रुपैयाँ  वितरण गरेको छ । 

ad
ad