मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ ३१ बुधबार
  • Saturday, 12 July, 2025
२o७७ भदौ ३१ बुधबार ११:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका जमदारको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ ३१ बुधबार ११:o८:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको धनगढीमाई नगरपालिका– १ मेदिनीपुर खण्डमा बुधबार बिहान ५ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका जमदारको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को.२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नेपाली सेनाको श्रीबक्स गुल्म अठुंगे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जमदार पाण्डेलाई उपचारका लागि लहान ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । 

खोटाङ जिल्लाको लामीडाँडा गाउँपालिका– ६ हौचुर स्थायी घर भएका जमदार पाण्डे सुनसरी इटहरी उपमहानगरपालिका– ४ मा बस्दै आएका र परिवारलाई भेट्न जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।