१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ भदौ २४ बुधबार १९:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यातायात कार्यालयले बिहीबारदेखि सेवा दिने, मालपोत कार्यालयले आइतबारदेखि 

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ भदौ २४ बुधबार १९:५८:००

उपत्यकाका यातायात कार्यालयहरूले बिहीबारदेखि निश्चित सेवा सुचारु गर्ने भएका छन् । लाइसेन्स नवीकरण, प्रमाणीकरण, प्रतिलिपि र ट्रायल पास भएकाको हकमा रसिद काट्ने काम बिहीबारदेखि सुचारु हुने सानोभऱ्याङस्थित यातायात कार्यालयका सूचना अधिकारी उपेन्द्र साहले जानकारी दिए ।

चाबहिल, जगाती र एकान्तकुना कार्यालयले पनि यी सेवा दिने भएका छन् । लाइसेन्स वितरण भने तत्काल सुचारु नहुने भएको छ ।  होम डेलिभरी प्रणालीमार्फत लाइसेन्स वितरणको लागि कानुन संशोधनको काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । 

भदौ मसान्तसम्म लाइसेन्स नवीकरणमा जरिवाना नलाग्ने निर्णय सरकारले गरेकाले बिहीबारदेखि नै सेवा सुचारु गर्न लागिएको सानोभऱ्याङ  कार्यालयका सूचना अधिकारी साहले बताए । नयाँ सवारी दर्ता, नामसारी ब्लुबुक नवीकरणको सेवा कहिलेदेखि सुरु गर्ने तय भएको छैन । 

उपत्यकाका मालपोत कार्यालयहरूले भने आइतबारदेखि सेवा सुचारु गर्ने तयारी गरेका छन् । सबै मालपोत कार्यालय खुला नै रहेको, तर सेवा भने आइतबारदेखि सुचारुको तयारी भइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । 

उपत्यकामा संक्रमण बढेपछि एक महिनाअघि मालपोत कार्यालयले सेवा बन्द गरेको थियो । 

उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुकुलो गर्ने भएपछि सरकारी कार्यालयहरूले सेवा सुचारु गर्न लागेका हुन् ।