मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ १७ बुधबार
  • Thursday, 19 December, 2024
२o७७ भदौ १७ बुधबार ११:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निषेधाज्ञामा स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ १७ बुधबार ११:१५:oo

काठमाडौं उपत्यकामा स्वास्थ्यकर्मीहरूका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याइएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण सार्वजनिक सवारीसाधन ठप्प भएपछि अस्पताल आवतजावतका लागि समस्या भोगिरहेका स्वास्थ्यकर्मीहरूका लागि बससेवा सञ्चालन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा नेपाल स्काउट, नेपाल चिकित्सक संघ र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले काठमाडौं उपत्यकाभित्र बससेवा सञ्चालन गरेका हुन् । 

उपत्यकाका अस्पताल क्षेत्रबाट विभिन्न रुटमा अहिले तीनवटा बस चलेका छन् । बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म र साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म बस सञ्चालन गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक तथा हिसानका महासचिव लोकबहादुर भण्डारीले बताए । आवश्यकताअनुसार थप बसहरू थपेरसमेत सेवा दिने तयारी रहेको उनले बताए । 

बाँसबारीबाट सुरु हुने बस टिचिङ, कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म पुग्नेछन् ।

यस्तै, दोस्रो बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै पुनः बाँसबारीसम्म चल्नेछ । यस्तै, तेस्रो बसले चक्रपथ परिक्रमा गरिरहेको छ । यसबारे थप बुझ्नपरे स्वास्थ्यकर्मीहरूले हटलाइन नम्बर ११४७ मा फोन गर्नसमेत उनले आग्रह गरे ।