१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ १७ बुधबार
  • Saturday, 28 September, 2024
चितवनको भरतपुर-६ स्थित सर्वोदय बहुउद्देश्यीय सहकारी  संस्थामा मल लिने सर्वसाधारणको भीड  
२o७७ भदौ १७ बुधबार १o:११:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

१० किलो मलका लागि घन्टाैँ लाइनमा [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ १७ बुधबार १o:११:oo

युरिया मल खरिद गर्न चितवनका किसान कोरोनाको जोखिम मोलेर लामो समय लाइनमा बस्न बाध्य भएका छन् । धान रोपाइँ सुरु गर्नुअघि पनि युरिया मल किन्न यहाँका किसानले यस्तै हैरानी खेप्नुपरेको थियो । 

धानमा हुने झार गोडिसकेपछि उत्पादन बढाउन युरिया मल हाल्नैपर्ने किसान बताउँछन् । धानमा युरिया मल हाल्न ढिला भए पनि किसानले अहिलेसम्म मल पाएका छैनन् ।

घन्टाैँ लाइनमा बसेका किसानले समेत आवश्यकताअनुसार मल पाएका छैनन् । सहकारीले थोरै मात्र मल दिने गरेको छ । १० बजे खुल्ने चितवनको सर्वोदय बहुउद्देश्यीय सहकारीमा मल लिन किसान बुधबार बिहान ३ बजेदेखि नै बोरा लिएर लाइनमा बसेका थिए ।

चितवनको भरतपुर- ६ स्थित सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थामा सय बोरा युरिया मल आएको छ भन्ने थाहा पाएपछि उनीहरू बिहान ३ बजेदेखि नै लाइनमा बसेका हुन् । 

मल खरिद गर्ने किसानको भिड धेरै भएपछि सहकारीले प्रतिकिसान १० केजी मल वितरण गर्ने तयारी गरेको सहकारीका अध्यक्ष प्रेमराज कोइरालाले बताए । 

यो प्रतिनिधि घटना मात्र हो । जिल्लाका अन्य ठाउँमा पनि घाममा दिनभर लाइनमा बस्दा किसानले मल पाएका छैनन् । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार जिल्लामा २७ हजार चार सय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ । अहिले जिल्लाभरि जम्मा दुई हजार एक सय क्विन्टल मात्र मल आएको छ । एक कट्ठा जमिनलाई साढे दुई केजी युरिया आवश्यक पर्ने ढकालले बताए ।