१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ३ बुधबार ०७:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकको कल सेन्टर सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ३ बुधबार ०७:२७:००

ग्लोबल आइएमई बैंकले ग्लोबल कनेक्ट नामक कल सेन्टर सुरु गरेको छ । बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवनशैलीसँगै ग्राहकहरूको बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कल सेन्टर सुरु गरेको हो । 

ग्लोबल कनेक्टले ग्राहकको मागलाई सम्बोधन गर्ने बैंकले जनाएको छ । यसमार्फत ग्राहकले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञासाहरूको समाधान, गुनासो, सूचना तथा सुझाबका लागि सम्पर्क गर्न सक्ने जनाइएको छ ।  

ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीलाई थप टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले ७१  जिल्लामा फैलिएका शाखा सञ्जालसहित २ सय ३४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय १८ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 

प्रविधिको साथमा नहिँडे र प्रविधिलाई प्राथमिकता नदिए ग्राहकको माग र आवश्यकता पूरा गर्न नसकिने निष्कर्षसहित यो सेवा सुरु गरिएको बैंकले जनाएको छ । ग्राहकको बैंकप्रतिको जिज्ञासा र आवश्यक सेवाप्रतिको जानकारी प्रदान गर्न कल सेन्टरका कर्मचारी तयार रहेको बैंकको दाबी छ ।

ग्लोबल कनेक्टको सहयोगले ग्राहकले थप सुविधा प्राप्त गर्ने विश्वास लिएको बैंकले जनाएको छ । कोभिड–१९ का कारण कायम गर्नुपर्ने सामाजिक दूरी कायम गर्न पनि ग्लोबल कनेक्टले सहयोग पुग्ने बैंकको दाबी छ ।