१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सिलिचोङ–१ बेसिन्दा गाउँका पहिरोपीडित । तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२०७७ श्रावण २९ बिहीबार १७:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिलिचोङ पहिरोपीडितलाई प्रतिपरिवार १५ हजारका दरले राहत दिने निर्णय

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ श्रावण २९ बिहीबार १७:४२:००

संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँका पहिरोपीडित आठ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले प्रतिघरपरिवार १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको विपत् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले सिलिचोङ– १ बेसिन्दा गाउँका नौ घर बगाए पनि केही समयअघि एक घरको मानिसहरू बसाइँ सरिसकेकाले हाल आठ घरपरिवारलाई तत्काल गुजारा चलाउनका लागि प्रतिघरपरिवार १५ हजारका दरले एक लाख २० हजार रुपैयाँ निकासा गर्ने निर्णय भएको आचार्यले बताए । 

उनले पहिरोपीडितहरूले सुरक्षित ठाउँमा स्थानान्तरणको माग भइरहेको हुँदा सुरक्षित ठाउँको खोजी गरी स्थानीय, संघ र प्रदेश सरकारबाट बजेट माग गरी वासस्थान तयार गर्नेलगायतका निर्णय गरिएको बताए । जिल्ला प्रशासन कार्यालयले प्रतिव्यक्ति परिवार दुई लाख र प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिन गृह मन्त्रालयबाट परिपत्र भएको, तर गाउँपालिकाबाट मृत्यु दर्ता भइनसकेको हुँदा बेपत्ता ११ जनालाई राहत दिने काम प्रक्रियामा नै रहेको आचार्यले स्पष्ट पारे ।
    
गत २७ असारको राति अविरल वर्षाको कारण बेसिन्दा गाउँमा पहिरो जाँदा नाै घर बगाएको थियो । पहिरोबाट ११ जना बेपत्ता भएका छन् । पहिरोका कारण एक सय ३६ घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरूलाई बुधबारे र चित्रेमा अस्थायी वासस्थान निर्माण गरेर राखिएको छ ।