१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ श्रावण २७ मंगलबार १२:५०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रदेश राजधानी हेटौँडामा आजदेखि निषेधाज्ञा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १२:५०:००

बागमती प्रदेशको राजधानी हेटौँडामा आज (मंगलबार)देखि निषेधाज्ञा जारी गरिएको छ । 

हेटौँडा उपमहानगरपालिका क्षेत्र र आसपासमा कोरोना संक्रमितको संख्या बढेसँगै जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले २७ साउनदेखि ३२ साउनसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

हेटौँडा उपमहानगर र मनहरी गाउँपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्ग क्षेत्रको दायाँ–बायाँ पाँच–पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा लागू हुने प्रशासनले जनाएको छ ।

यसैक्रममा हेटौँडा बजारको मुख्य क्षेत्रमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

बजार क्षेत्रको बुद्धचोक, राप्तीरोड, त्रिभुवन राजपथअन्तर्गत पर्ने चौकीटोल, हेटौँडा–११ थानाभऱ्याङ, बसपार्क, बाइपास रोड, हुप्रचौर क्षेत्रलगायत दुई दर्जनभन्दा बढी स्थानहरूमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

निषेधाज्ञा अवधिभर अतिआवश्यक सेवा, ढुवानीबाहेक कुनै पनि सवारीसाधन चलाउन नपाइने, भिडभाड, भेला गर्न नपाइने र बिहान ५–९ बजेसम्मका लागि मात्र खाद्यान्न बिक्री गर्न पसल मात्र खोल्न पाइने गरी प्रशासनले मापदण्ड तोकेको छ ।