१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ श्रावण २२ बिहीबार १०:५२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित स्वास्थ्यकर्मी : जसले पाँच सय ७५ जनाको स्वाब संकलन गरे 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ श्रावण २२ बिहीबार १०:५२:००

चार महिनादेखि प्रतयक्ष रूपमा स्वाब संकलनमा खटिएका एक स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । शुक्लाफाँटा नगरपालिकामा कार्यरत ल्याब असिष्टेन्टको पिसिआर विधिबाट गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । 

 सेती प्रादेशिक अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार शुक्लाफाँटा नगरपालिका– ४ कञ्चनपुर भनिएका ४१ वर्षीय व्यक्ति नै जनस्वास्थ्यकर्मी भएको पुष्टि भएको हो ।

भारतबाट फर्किएकासहित नगरपालिकाका अन्यको स्वाब संकलनमा खटिएका उनको  पनि स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पताल पठाइएको थियो । 

स्वाब संकलनमा खटिएका स्वाथ्यकर्मीलाई कोरोना पुष्टि भएको शुक्लाफाँटा नगरपालिका कोडिभ– १९ का संयोजक प्रमानन्द भट्टले जानकारी दिए । 
संक्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको र उनको अवस्था सामान्य  रहेको भट्टले बताए ।