१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २१ बुधबार ०८:५७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकको नयाँ कर्जा योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २१ बुधबार ०८:५७:००

नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । बैंकले सबैभन्दा सस्तो कर्जाका रूपमा घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जासमेत स्वापसहितको कर्जा योजना ल्याएको हो ।  

बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजना पनि सुरु गरेको छ । लघु उद्यम कर्जा तथा समृद्घ व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको जनाइएको छ । यो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरूमा बैंकिङ क्षेत्रकै न्यून ब्याजदर रहेको बैंकको दाबी छ ।

यस प्रकारका कर्जाहरू प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रूपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार–व्यवसाय सञ्चालन तथा विस्तारका निमित्त प्रदान गरिने जनाइएको छ ।

कर्जा रकम २५ लाख रुपैयाँदेखि ९९ लाख रुपैयाँँ लघु उद्यम कर्जाका रूपमा दिइने जनाइएको छ । त्यस्तै, १ करोड रुपैयाँँदेखि ३ करोड रुपैयाँसम्मको चालू तथा स्थिर पुँजी व्यवस्थापनका लागि समृद्ध व्यवसाय कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । दुवै प्रकारका कर्जाहरूअन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पुँजी कर्जा र चालू सम्पत्ति व्यवस्थापनका लागि चालू पुँजी कर्जा प्रदान गर्ने जनाइएको छ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेस गरेकोे ७ दिनभित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको जनाइएको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको जनाएको छ । यसको वार्षिक ब्याजदर ९.९९ प्रतिशत तोकिएको छ । यसबाट घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गर्न सकिने जनाइएको छ ।

यो कर्जाअन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ वर्षदेखि २० वर्ष अवधिको हुने जनाइएको छ ।