१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १४ बुधबार ०७:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेगा बैंकले ८.३२ प्रतिशत  ब्याजको कर्जा दुई दिनमै दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १४ बुधबार ०७:२४:००

मेगा बैंक नेपाल लिमिटेडले सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । बैंकले सबै कागजात पुगेको दुई दिनमै कर्जा स्वीकृत गर्ने तथा सस्तो दर भएको दाबीसहित कर्जा योजना ल्याएको हो । 

बैंकको दसौँ वार्षिकोत्सवको अवसर पारेर ग्राहकलाई ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको जनाएको छ । साना तथा मझौला व्यवसायीहरूले १ करोड रुपैयाँसम्मको कर्जा लिँदा ८.३२ प्रतिशत ब्याजदरमै कर्जा पाउने जनाइएको छ ।

यो सुविधामा कर्जाको ब्याजदर एक वर्षसम्म नबढ्ने बैंकले जनाएको छ । बैंकका देशभर रहेका २ सय ६ शाखाबाट यो सुविधा पाइनेछ । कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने बैंकले विश्वास लिएको जनाएको छ ।