१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कृषि व्यवसाय प्रवर्द्धन गर्न किन्निहो प्रालिको सिफारिसमा मेगा बैंकले ऋण दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:४o:oo

मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरूको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवं साना तथा मझौला कृषकहरूलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि किन्निहोको सिफारिसमा साना तथा मझौला कर्जा प्रदान गर्ने जनाइएको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा पनि प्रदान गर्ने उल्लेख छ ।

सम्झौतापछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरूलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्ने बताए । सहुलियतपूर्ण कर्जा सेवा विशेष गरी बैंकको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो–छरितो ढंगले सेवा प्रदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । किन्निहोका प्रमुख घिमिरेले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकाले बैंकसँग सहकार्य गरेको बताए । 

किन्निहोसँगको सम्झौताअन्तर्गत मेगा बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’मार्फत गण्डकी र लुम्बिनी प्रदेशका कृषकलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको जनाएको छ ।

ad
ad