१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३० मंगलबार ११:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना त्रास : कोरोना भाइरसले उत्पन्न गर्ने खतराप्रति संवेदनशीलता नपुगेको विश्व स्वास्थ्य संगठनको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३० मंगलबार ११:५१:००

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको खतराबारे विश्वका धेरै देशले संवेदनशील रूपमा लिन छोडेकोप्रति आपत्ति जनाउँदै यसले गम्भीर स्थिति ल्याउन सक्नेप्रति चेतावनी दिएको छ । 

संगठनका महानिर्देशक डा. टड्रोस एडहानोम गब्रियससले विश्वका अधिकांश देश कोरोना भाइरससँग जुध्ने मामिलामा गलत दिशातर्फ गइरहेको भन्दै यसले गम्भीर अवस्था ल्याउने चेतावनी दिएका हुन् । 

जसरी कोरोना भाइरस संक्रमणको दर बढिरहेको छ यसले जुन उपाय विश्वका देशहरूले योसँग जुध्न अपनाइरहेका छन् त्यो पर्याप्त नभएको उनले बताए । कोरोनासँग जुध्न जुन उपायहरू बताइएको छ त्यसको पालना पनि नभएको उनले बताए । 

अहिले उत्तरी तथा दक्षिणी अमेरिकामा यस महामारी तेज गतिमा फैलिरहेको छ । 

अमेरिकामा पनि यसको दर बढ्दो नै छ । अमेरिकामा अहिलेसम्म ३४ लाख मानिसमा कोराेनाको संक्रमण फैलिइसकेकाे छ । एक लाख ३८ हजारभन्दा बढीको ज्यान कोरोना संक्रमणका कारण अमेरिकामा गइसकेको छ । 

डा. टड्रोसले भने, ‘कोरोना भाइरस अहिले पनि मानिसको नम्बर वान दुश्मन हो, तर विश्वभरका अधिकांश देशका सरकारले जुन कदम यसविरुद्ध उठाइरहेका छन् यसबाट उनीहरले यसको खतरालाई गम्भीरतापूर्वक नलिएको आभाष प्रस्टै देखिन्छ ।’

उनले भौतिक दूरी कायम गर्नु, हात धुनु तथा मास्क लगाउनु यस महामारीबाट बच्ने सही उपाय भए तापनि यसबारेमा गम्भीरतापूर्वक नलिइएको भन्दै उनले आपत्ति जनाएकाे बिबिसीले उल्लेख गरेकाे छ ।

उनले तत्काल कोरोनाको खतरा सामान्य बन्ने कुनै पनि सम्भावना नभएको भन्दै यदि सावधानी गम्भीरतापूर्वक नअपनाएमा स्थिति भयावह हुने चेतावनी दिए ।