१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १९ शुक्रबार १४:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा प्रवक्ता श्रेष्ठले भने- छातीमा हात राखौँ र सोचौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १९ शुक्रबार १४:०८:००

नेकपाभित्र विवाद चर्किरहेका वेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले छातीमा हात राखेर सोच्न आग्रह गरेका छन् ।

शुक्रबार दिउँसो सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पार्टीभित्रको अन्तरसंघर्ष कुनै व्यक्ति वा व्यक्तिहरूको स्वार्थ केन्द्रित हुनुहुँदैन।

त्यसैले एउटा वा अर्को व्यक्तिको समर्थन वा विरोधमा होइन, पार्टी एकता, समृद्धि, समाजवाद, देश, जनता र श्रमजीवी वर्गलाई केन्द्रबिन्दुमा राखेर रूपान्तरणमुखी बहसमा सहभागी होऔँ । छातीमा हात राखौँ र सोचौँ।’

यसअघि प्रवक्ता श्रेष्ठले बिहीबार पनि दुई ट्विट गरेर एकताका लागि आह्वान गरेका थिए ।