१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:oo:oo

सम्पदा पुनर्निर्माणमा किन ढिलाइ भइरहेको छ ? 
सम्पदा पुनर्निर्माणमा ढिलाइ भइरहेको छैन, बरु छिटोचाहिँ भइरहेको छ । ०७२ को विनाशकारी भूकम्पका कारण हाम्रा ९२० सम्पदा क्षतिग्रस्त भएका थिए । नौ वर्षमा झन्डै सात सय ७० भन्दा बढी सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यो सानो उपलब्धि होइन । अहिले नै पनि कतिपय सम्पदा निर्माणाधीन अवस्थामै छन् । त्यसैले, सम्पदा पुनर्निर्माण सुस्त होइन, द्रुत गतिमै अघि बढिरहेको छ । एउटा सामान्य घर निर्माण गर्न त एक–दुई वर्ष लाग्छ भने सम्पदा पुनर्निर्माण गर्दा धेरै पक्षमा ध्यान पुर्‍याउनुपर्ने र सानो गल्ती भएमा समाजदेखि सबैतिरबाट त्यसलाई नस्विकारिने भएकाले यसमा समय लाग्नु स्वाभाविक हो । 

सम्पदा पुनर्निर्माणका क्रममा के–कस्ता चुनौती देखिए ? 
सम्पदा पुनर्निर्माणको काम आफैँमा निकै चुनौतीपूर्ण नै हुन्छ । यसको व्यवस्थापनदेखि ‘डकुमेन्टेसन’का काममा सूक्ष्म ध्यान पुर्‍याउनुपर्छ । धार्मिक, सांस्कृतिक पक्षमा ध्यान दिनुपर्छ । यसमा प्रयोग भएका कला, वास्तुकला दुरुस्त हुनुपर्छ । गुणस्तरीय काठ प्राप्त गर्न र सम्पदाका झ्याल, ढोका, स्तम्भ, टुँडाल आदिमा प्रयोग भएका बुट्टा, मूर्ति आदि तयार गर्न पनि लामै समय लाग्छ । गारोमा प्रयोग हुने इँटा तयार गर्न पनि समय लाग्छ । 

अब कहिलेसम्ममा सम्पदा पुनर्निर्माणले पूर्णता पाइसक्ला ?
क्षतिग्रस्त नौ सय २० मध्ये सात सय ७० भन्दा बढीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । बाँकीमध्ये पनि कतिपयको काम अन्तिम चरणमा पुगेको छ । त्यसैले, अबका दुई–तीन वर्षभित्र यसले पूर्णता पाइसक्छ । क्षतिग्रस्त दुई सय १५ गुम्बाको काम सक्न भने अलि बढी समय लाग्न सक्छ । 

ad
ad