१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १२ शुक्रबार १६:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना मिटर : आज पाँच सय ९३ जनामा संक्रमण पुष्टि, संक्रमितकाे संख्या ११ हजार सात सय ५५ पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १२ शुक्रबार १६:१५:००

पछिल्लो २४ घन्टामा देशभरका प्रयोशालामा गरिएको परीक्षणमा थप पाँच सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा चार सय ८६ पुरुष र एक सय सातजना महिला छन् । 

योसमेत देशभर संक्रमित हुनेको संख्या ११ हजार सात सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यसैगरी पछिल्लो २४ घन्टामा काेरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ४८ जना रहेको छ । पुरुष ४० र महिला आठजना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई हजार ६ सय ९८ पुगेको छ । 

क्वारेन्टाइनमा रहेकाको संख्या घट्दो छ । शुक्रबारको नियमित मिडिया ब्रिफिङमा गौतमले हाल क्वारेन्टाइनमा बस्नेको संख्या ७१ हजार १२ जना रहेको जानकारी दिए ।

त्यसैगरी आइसोलेसन नौ हजार ३० जना रहेका छन् ।