मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Friday, 14 August, 2026
२o८o श्रावण २९ सोमबार १२:४९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बिरामी भर्ना सेवा निःशुल्क गर्न बागमती स्वास्थ्य मन्त्रालयको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार १२:४९:oo

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आफूमातहतका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिएको छ । यही साउन २२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले साउन २८ गते आइतबार उक्त सूचना जारी गर्दै भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिएको हो।

मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका १३ वटा प्रादेशिक अस्पतालमा शय्याहरू निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको मन्त्री उत्तम जोशीले जानकारी दिए। उनका अनुसार यो सेवा भदौ १ गतेबाट लागू हुनेछ। प्रादेशिक अस्पतालका क्याबिन, एनआइसियू र आइसियूबाहेकका अन्य सम्पूर्ण शय्याहरू निःशुल्क हुनेछन्।

मन्त्री जोशीले प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका आठ सय ११ वटा शय्या नागरिकका लागि निःशुल्क उपलब्ध हुने बताए। उनले अस्पतालमा बिरामी भर्नाबाहेकका अन्य शुल्क भने सरकारले तोकेअनुसारकै लाग्ने स्पष्ट पारे।

यस्तै, मन्त्रालयले भदौ १ गतेदेखि लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रहरूलाई पनि रिह्याबिटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देश गरेको छ। मन्त्रालयले प्रदेशका सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरूलाई पनि सामाजिक सेवा एकाइ स्थापना गरी विपन्न, असहाय बिरामीहरूको उपचारको व्यवस्थापन गर्न निर्देशन दिएको छ।

यसअघि मन्त्रालयले साउन ४ गते एक सूचना जारी गर्दै निजी, सहकारी र सामुदायिक अस्पतालहरूलाई कुल शय्याको १० प्रतिशत निःशुल्क गर्न निर्देशन दिएको थियो।