मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २४ बुधबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आँखा पाक्ने रोग लागे आत्तिनुपर्दैन : स्वास्थ्य मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २४ बुधबार १७:१५:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँखा पाक्ने रोग लागे आत्तिनुनपर्ने जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिई घरमा बसेर उपचार गर्न आग्रह गरे। 

उनले घरमा आँखाको स्याहार गरे संक्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए। हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ।

‘यो रोग संक्रमण भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ,’ डा. अधिकारीले भने, संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र संक्रमित व्यक्ति भिडभाडमा हुने ठाउँ, सार्वजनिक स्थानमा नजाने, संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्नुहुँदैन।’ 

डा. अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनु परेमा साबुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोसिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएर मात्रै प्रयोग गर्नुपर्दछ।

लक्षणहरू 

आँखा पाक्ने रोगका प्रमुख लक्षणहरूमा आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा, चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउनेरदुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुनेलगायत हुन्।