१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ७ आइतबार ०६:०७:००
Read Time : < 1 मिनेट
अर्थ

सनराइजद्वारा वेद विद्याश्रमलाई सवा दुई लाख सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ७ आइतबार ०६:०७:००

सनराइज बैंक लिमिटेडले बुढानीलकण्ठ वेद विद्याश्रमलाई सहयोग रकम प्रदान गरेको छ । बैंकले विद्याश्रमका छात्रहरूलाई कठिनाइ भएको र आर्थिक सहयोगको आवश्यकता परेको जानकारी प्राप्त भएपछि सहयोग गरेको हो । 

बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा २ लाख २५ हजार रुपैयाँको चेक प्रदान गरेको बैंकले जनाएको छ ।

साथै, पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दलाई हस्तान्तरण गरेको जनाइएको छ । देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदिबारे शिक्षा प्रदान गर्दै आएको बुढानीलकण्ठ वेद विद्याश्रममा ३५ जना विद्यार्थी बसोवास गर्दै आएका छन् ।