१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ जेठ १४ बुधबार १२:५३:००
Read Time : < 1 मिनेट
समाचार

विभिन्न नाकाबाट लमजुङका ५९ नागरिककाे उद्धार

Read Time : < 1 मिनेट
२०७७ जेठ १४ बुधबार १२:५३:००

लकडाउनले भारतका विभिन्न ठाउँमा अलपत्र परेका ५९ जनालाई लमजुङ ल्याइएको छ। भारतको सीमानाकामा अलपत्र परेका नागरिकलाई उद्धार गरेर स्थानीय प्रशासनले लमजुङ ल्याएको हो।

लकडाउनको कारण काम पनि नहुने र खानसमेत नपाउने अवस्थामा पुगेका नागरिकलाई उद्धार गरिएको लमजुङका निमित्त प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए। 

उनका अनुसार अहिलेसम्म ५९ जना नागरिकलाई भैरहवा, कैलाली, काँकडभिट्टालगायत नाकाबाट जिल्ला ल्याइएको छ। राइनासका १५, मध्यनेपालका १०, बेंसीसहरको ६, मर्स्याङ्दीका १५, क्वहोलासोँथरको सात, दोर्दीका चार र दुधपोखरी तथा सुन्दरबजारका एक–एकजनाको उद्धार गरिएको छ। 

उनीहरूलाई बेंसीसहरकोे सहजी र सुन्दरबजारमा निर्माण गरिएको जिल्लास्तरीय क्वारेन्टाइनमा राखिएको शाहीले जानकारी दिए। जिल्लाका विभिन्न स्थानीय तहमा एक हजार ४५ शय्यासहितका ८० क्वारेन्टाइन निर्माण गरिएको छ। 

लमजुङमा हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ६ सय तीन पुगेको छ। चार सय एकजना क्वारेन्टाइनको बसाइ पूरा गरी घर फर्किसकेका छन्। 

हालसम्म जिल्लाका ७२ जनाको पिसिआर परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए।