आगामी वैशाख ४ गते परेको चैते दसैँको अवसरमा लमजुङ दरबार र कालिका मन्दिरको प्रवर्द्धन गर्न धार्मिक एवं सांस्कृतिक उत्सव हुने भएको छ। लमजुङको ऐतिहासिक एवं धार्मिक महत्व रहेको लमजुङ कालिका मन्दिरमा विशेष मेला आयोजना गर्न लागिएको हो।
मेला व्यवस्थित बनाउन लमजुङ कालिका युवा क्लबका अध्यक्ष अर्जुन श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। सोबाहेक विभिन्न १६ वटा उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमिति संयोजक किसान संगीत नेपालीले बताए।
उनका अनुसार चैतेदसैँ मेला तथा सांस्कृतिक उत्सवका अवसरमा कालिका मन्दिरमा हुने नियमित पुजासँगै राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति, पर्यटन प्रवर्द्धनका लागि गोष्ठीलगायतका कार्यक्रम हुनेछन्।