१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १४:४१:००
Read Time : < 1 मिनेट
अर्थ

बोर्ड, नेप्से र सिडिएसद्वारा काेरोना रोकथाम कोषमा कुल ६ करोड ८६ लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १४:४१:००

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ र नेपाल स्टक एक्सचेजले गरी कुल ६ करोड ८६ लाख रुपैयाँ प्रदान गरेका छन् । 

नेपाल धितोपत्र बोर्डले यसअघि ५० लाख घोषणा गरेकोमा पछि साढे दुई करोड थपेर बिहीबार तीन करोडको चेक कोषलाई प्रदान गरेको हो । 

त्यस्तै कोषमा स्टक एक्सचेजले तीन करोड ५१ लाख सहयोग गरेको छ । सिडिएसले भने कोषमा ३५ लाख सहयोग गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रण उपचार कोष’मा आ–आफ्नोतर्फबाट सहयोग गर्न यसअघि धितोपत्र बोर्डले अनुरोध गरेको थियो । 

विपत्तिको समयमा सरकारले चालेको रोग नियन्त्रणको अभियानमा कोषमा नेप्से, सिडिएसी, क्रेडिट रेटिङ संस्थाहरू, मर्चेन्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरू, आस्वा सदस्यहरू तथा सूचीकृत कम्पनीहरूलगायतका संस्थाहरूलाई  सहयोग गर्नका लागि बोर्डले अपिल गरेपछि ब्रोकरहरूले समेत सहयोग गरेका छन् ।