१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ चैत २० बिहीबार १३:४७:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकामा कोरोना भाइरसबाट ६ हप्ताको शिशुको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ चैत २० बिहीबार १३:४७:००

अमेरिकाको कनेक्टिकट राज्यमा एक ६ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताएका छन् ।  

गभर्नर ल्यामोन्टले कोरोना भाइरसका कारण राज्यमा पहिलोपटक शिशुको मृत्यु भएको जानकारी दिए । 

बुधबार ट्विट गर्दै गभर्नर ल्यामोन्टले यही कारण हामीले मानिसहरूलाई घरभित्रै बस्न र अरूसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौँ । ‘तपाईंको आफ्नै र अरू धेरैको जीवन वास्तवमै यसमै निर्भर रहेको छ,’ उनले भने । 

स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोभिड– १९ को संक्रमण देखिएको पनि गभर्नरले बताए । ‘कोभिड– १९ का कारण यति कम उमेरका बच्चाको मृत्यु भएको सम्भवत विश्वमै पहिलो घटना हो,’ गभर्नर ल्यामोन्टले भने।

कनेक्टिकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो । तर, चिकित्सकहरूले उनलाई बचाउन सकेनन् । 

हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको मृत्यु भएको पुष्टि गरेका छन्  

कनेक्टिकट राज्यमा बुधबारसम्ममा तीन हजार पाँच सयभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ८५ जनाको मृत्यु भएको छ ।