१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार ०८:०३:००
Read Time : > 1 मिनेट
सेयर बजार

आइतबार १३.७० अंकले घट्यो नेप्से 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार ०८:०३:००

गत साताको पाँच दिनमध्ये तीन दिन बढेको सेयर बजार यो साताको पहिलो दिन आइतबार १३ दशमलव ७० ले घटेको छ । योसँगै नेप्स १ हजार ३ सय १९ दशमलव ९९ बिन्दुमा अडिएको छ । बिहीबारको तुलनामा आइतबार कारोबार रकम ९ दशमलव ४३ प्रतिशतले घट्न पुगेको छ । सेयर बजारसँगै कारोबार रकमसमेत घटेर ९५ करोड ४ लाख २ हजार ५ सय ८४ रुपैयाँमा सीमित भयो । 

यस दिन कारोबार भएका १२ समूहको परिसूचकमा उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूह घटेका छन् । शिव्म सिमेन्टको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेपछि उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ७ प्रतिशत बढेको हो । बाँकी समूहमा निर्जीवन बिमा समूहको परिसूचक २ दशमलव १८, होटेलको २ दशमलव ७३, जीवन बिमाको १ दशमलव शून्य १ , विकासको १ दशमलव शून्य ५ र बैंकिङको १ दशमलव शून्य ७ प्रतिशत घटेको छ । बाँकी ६ समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदाको असर नेप्सेमा परेको लगानीकर्ता बताउँछन् । सेयर बजार घट्न थालेसँगै लगानीकर्ताले नाफा भएको सेयर बिक्री गर्न थालेका छन् । 

बजार पुँजीकरण घटेर लगानीकर्ताको सम्पत्ति १६ खर्ब ८३ अर्बभन्दा बढीमा आइपुगेको छ । लगानीकर्ताहरूको सम्पत्ति १९ अर्ब घटेको छ । नेप्सेले बैंकिङलाई समेटेर गणना गरेको सेन्सेटिभ परिसूचक ३ अंक घटेको छ । यसैगरी, सूचीकृत कम्पनीबाट सर्वसाधारणमा जारी भएका सेयरलाई मात्रै समावेश गरेर गणना गरिएको फ्लोट परिसूचक शून्य दशमलव ९७ अंक घटेकोे छ । सेन्सेटिभ फ्लोट परिसूचकमा सेन्सेटिभ र फ्लोटमा कारोबार हुने सबै सेयर पर्छन् । सेन्सेटिभ फ्लोट शून्य दशमलव ९५ अंक घटेको छ । 

सेयर कारोबार अर्बमुनि बढ्नेमा ३२ कम्पनी मात्र
आइतबार १ सय ७३ कम्पनीको कारोबारमा २५ लाख ५० हजार २ सय ६६ कित्ता सेयरको ९५ करोड ४ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । सेयर बजारसँगै कारोबार रकम पनि घट्दै गएकाले सोमबार बजार घट्ने देखिन्छ । आइतबार नेको इन्स्योरेन्सको कारोबार अग्रस्थानमा रहेको छ । कम्पनीको ३ करोड ८८ लाखबराबरको सेयर कारोबार भएको छ । कम्पनीले करसहित ८ दशमलव ४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बजार घटेका वेलामा कम्पनीको सेयरमूल्य पनि कम रहेकाले नगद लाभांश जोहो गर्नका लागि कारोबार बढेको हो । 

यस दिन ३२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय ३१ कम्पनीको घटेको छ । सेयर मूल्य बढ्नेमा स्वाभिमान लघुवित्त अग्रस्थानमा छ । कम्पनीको सेयर मूल्य ३ दशमलव ८८ प्रतिशत बढेको छ । दोस्रोमा कन्चन डेभलपमेन्ट बैंक  छ भने तेस्रोमा छ्याङदी हाइड्रोपावर कम्पनी रहेको छ । त्यसैगरी, घट्नेमा प्रुडेन्सियल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । दोस्रोमा दिव्यश्वरी हाइड्रोपावर रहेको छ । 

आइतबार परिसूचक घटेसँगै सेयर मूल्य पनि घटेको छ । सोमबार सेयर खरिद चाप बढ्यो भने बजार बढ्न पनि सक्छ । लगानीकर्ताले पिभटको आधारमा मात्र लगानी नगरी आफूले पनि आधारभूत विश्लेषण गर्नुपर्छ । सोमबार नेप्से ओरालो लागे १ हजार ३ सय १२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने बजार उकालो लागे १ हजार ३ सय ३० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्ने देखिन्छ ।