१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष ९ बुधबार १४:४६:००
Read Time : < 1 मिनेट
प्रदेश

'रामचन्द्र मिश्र स्मृति पत्रकारिता पुरस्कार' स्थापना

Read Time : < 1 मिनेट
२०७६ पौष ९ बुधबार १४:४६:००

महोत्तरीमा 'रामचन्द्र मिश्र स्मृति पत्रकारिता पुरस्कार' स्थापना गरिएको छ । मधेशविद तथा वरिष्ट संचारकर्मी डा.राजेश अहिराजले व्यक्तिगत रुपमा उक्त पुरस्कारको लागि ५१ हजार रुपैयाँ प्रदान गरेपछि पुरस्कारको लागि कोष स्थापना गरिएको हो । 

नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डललाई डा. अहिराजले एक कार्यक्रमको बीचमा रकम हस्तानतरण गरेका हुन् । पुरस्कारको लागि हुने सम्पूर्ण निर्णय, कार्यविधी तथा मापदण्ड सवै  नेपाल पत्रकार महासंघ महोत्तरीले निर्धारण गर्ने उनले बताए । कोषमा जम्मा गरिएको रकमबाट आउने वार्षिक व्याजबाट महोत्तरीका संचारकर्मीलाई हरेक वर्ष एक जनाको दरले पुरस्कार प्रदान गरिने उनले बताए । 

डा. अहिराजले सर्लाहीमा गजेन्द्र नारायण सिंह समृति पत्रकारिता पुरस्कार समेत स्थापना गरिसकेका छन ।