१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष ३ बिहीबार ०७:५२:००
Read Time : > 1 मिनेट
सप्तरंग

संगीतमा महिला : महिला संगीतकारका दुःख

Read Time : > 1 मिनेट
२०७६ पौष ३ बिहीबार ०७:५२:००

काठमाडौं बसुन्धरास्थित साउथ वेस्टर्न स्कुलको एक कक्षामा एक मध्याह्न हारमोनियमको धुन बज्दै थियो । बालबालिकाहरू स्वरमा स्वर मिलाउँदै सारेगम घोकिरहेका थिए । हारमोनियम चलाउँदै उनीहरूलाई सिकाइरहेकी थिइन्, संगीतकार रेखा पौडेल । यस स्कुलमा उनले संगीत पढाउन थालेको पाँच वर्ष भयो । भन्छिन्, ‘संगीत कम्पोजले मात्रै पुग्दोरहेनछ, त्यसैले पढाउन थालेकी हुँ ।’

उनको सांगीतिक यात्रा ०५९ सालमा चितवन महोत्सवको ‘आधुनिक गीत प्रतियोगिता’बाट भएको थियो । खासमा उनी त्यो प्रतियोगितामा गीत गाउन गएकी थिइन् । गायनमा भविष्य बनाउन आएकी उनी संगीततिर तानिइन् । त्यसयताको सांगीतिक यात्रामा उनले ‘अलंकार’, ‘अठोट’, ‘अतृप्त’ र ‘अविरल’जस्ता सोलो एल्बम बजारमा ल्याइसकेकी छन् । करिब एक सय गीतमा संगीत दिइसकेकी उनी भन्छिन्, ‘संगीतकारको कमाइ गायकको जस्तो हुँदैन । तर पनि सन्तुष्ट छु ।’

पुरुषको तुलनामा महिला संगीतकारलाई गाह्रो देख्छिन् उनी । सुरुवातमा धेरैले पत्याएनन् । उनले काम खोज्दै हिँड्नुप-यो । काम पाइहाले पनि पारिश्रमिक पाउँदैनथिन् । ‘गायिका देख्न रुचाउनेको भीडमा संगीतकार हुँदा छक्क पर्थे कतिपय,’ उनी भन्छिन् । सुरुवाततिर उनले कुपण्डोलमा संगीत कक्षा खोलिन् । विद्यार्थी जुटाउन उनलाई हम्मे परेको थियो ।

सुरुमा गायिका देख्न रुचाउनेको भिडमा संगीतकार हुँदा छक्क पर्थे, कतिपय । सुरुमा आफूले सिकाउँछु भन्दा विद्यार्थीले पनि पत्याएका थिएनन् ।
 

आएकाहरूले टिचर खोज्थे । ‘मै सिकाउँछु भन्दा विद्यार्थीले पनि पत्याएका थिएनन्,’ उनी भन्छिन् । ‘फूल’, ‘चिहान’, ‘हमेशा’, ‘पीपल’, ‘कोइला’, ‘मायाको सौगात’, ‘कालेदाइ’लगायत फिल्ममा संगीत दिइसकेकी छन् । अञ्जु पन्त, दीपक लिम्बू, प्रमोद खरेल, राजेशपायल राई, आनन्द कार्की, मेलिना राई, शिव परियारलगायत गायक÷गायिकासँग काम गरिसकेकी छन् ।

आधुनिक र लोक दुवै विधाका गीतमा संगीत दिएकी छन् । संगीतसँगै गायन पनि अगाडि बढाइरहेकी छन् । हालसम्म थाइल्यान्ड, दुबई, इजिप्ट, भारत पुगेर सांगीतिक प्रस्तुति दिएकी छन् । ०७५ सालको ‘नाट्येश्वर म्युजिक अवार्ड’मा मौलिक कला सम्मान पाइन् । यस्तै, हालै काठमाडौंमा सगरमाथा म्युजिक अवार्ड र दुवईमा सम्पन्न ‘मोडेल सङ्स अवार्ड’मा सर्वोत्कृष्ट संगीतकार सम्मान पाएकी छिन् ।