१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
हिउँले ढाकिएको गुफापोखरी बजार ।            तस्बिर : नयाँ पत्रिका
२०७६ मङ्सिर ३० सोमबार ०७:३९:००
Read Time : < 1 मिनेट
प्रदेश

भारी हिमपातले उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०७:३९:००

शुक्रबारदेखि भएको भारी हिमपातका कारण जिल्लाको उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रका धर्मदेवी, मादी र चैनपुर नगरपालिकाकाका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । चैनपुर नगरपालिका–१ मा पर्ने पर्यटकीयस्थल गुफापोखरी, चौकी, मंगलबारेलगायत ‘टिमएमजे’ क्षेत्रमा शनिबार र आइतबार पनि भारी हिमपात भएको छ । गुफापोखरीआसपासका क्षेत्रमा दुई फिटभन्दा बढी हिउँ जमेको जिल्ला प्रहरी प्रमुख डिएसपी मिमबहादुर लामाले बताए । 

डिएसपी लामाका अनुसार जिल्लाको उत्तरी भेगको किमाथांका, हटिया, चेपुवा, हुङहुङ र मकालु गाउँपालिकाको माङ्सिमा, सेदुवालगायत स्थानमा पनि भारी हिमपात भएको खबर छ । शुक्रबार साँझपखदेखि जिल्लाका विभिन्न भागमा हावाहुरीसहित पानी परेपछि उच्च क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएपछि सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा समेत चिसो ह्वात्तै बढेको छ । 

एक्कासि भारी हिमपात भएपछि तेह्रथुमको वसन्तपुरबाट संखुवासभाको टुटेदेउराली, गुफापोखरी हुँदै ताप्लेजुङ जाने सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै, चौकी, मंगलबारे र गुफापोखरी क्षेत्रमा घरबाट बाहिर निस्कनै मुस्किल भएको गुफापोखरीका स्थानीय हिमा खनालले बताइन् ।